८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशिफल ( 2076 कार्तिक १९ गते )


१९ कार्तिक २०७६, मंगलबार  

0
Shares

राशिफल 2076 कार्तिक १९- मङ्गलवार – 05 Nov, 2019,

पञ्चाङ्ग
वि.सं. २०७६ कात्तिक १९। मंगलबार। इ.स. २०१९ नोभेम्बर ५। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। शरद ऋतु। ने.सं. ११४० कछलाथ्व। कार्तिक शुक्लपक्ष। अष्टमी, ६:३० उप्रान्त नवमी। नक्षत्र– धनिष्ठा, ३२:०४ बजेउप्रान्त शतभिषा। योग– गण्ड, १०:११ बजेउप्रान्त वृद्धि। करण– वव, ६:३० बजेदेखि वालव, १९:१८ बजेउप्रान्त कौलव। आनन्दादिमा उत्पात योग। चन्द्रराशि– मकर, १८:५६ बजेउप्रान्त कुम्भ। काठमाडौंमा सूर्योदय– ६:१८ बजे, सूर्यास्त– १७:१६ बजे र दिनमान २७ घडी ५ पला। बैतडीको सिलङ्गामा महारुद्र कोटिहोम मेला।

धनिष्ठा पञ्चक १८:५६ बजे प्रारम्भ। पञ्चकको समयमा अन्तिम संस्कार समेत सोंच विचार गरेर गर्नु पर्छ । यो समयमा लेन-देन तथा ब्यापार जस्ता कुरा नगर्नु नै उत्तम मानिन्छ । बिवाहाआदिका मण्डप नबनाउनु / पञ्चकको समयमा खाट बनाउनु अशुभ मानिन्छ । यो समयमा खाट बनाउँदा संकट आउन सक्छ । शव सँगै कुश वा आटाको पुतला बनाएर जलाउँदा दोष काटिने गरुण पुराणमा उल्लेख छ । पञ्चकको समयमा दक्षीण दिशा यात्रा गर्नु अशुभ मानिन्छ ।

मेष – लगानीको प्रतिफलमा कमी र साझेदारी सम्बन्धमा समस्या आउने देखिन्छ होस पुर्याउनु होला ।
वृष – भूमि, घर अथवा वाहन प्राप्तिको योग छ, अनावश्यक खर्च, कर्जा र चोटपटकका लाग्न सक्छ सावधान रहनु होला ।
मिथुन – आर्थिक उपार्जनमा सुधार आउनेछ । कृषि र पशुपालनमा सामान्य फाइदाको योग रहेको छ ।
कर्कट – रुपैयापैसाको कारोबार हुने दिन रहेको छ, आफन्तसंग पनि भेटघाटको अवसर मिल्ने देखिन्छ ।
सिंह – परिवारजन, बन्धुबान्धव वा इष्टमित्रसँग असमझदारी बढ्न सक्छ । धेरै परिश्रमबाट थोरै लाभ मिल्ने योग छ ।
कन्या – उत्तम रोजगारी मिल्नेछ र नोकरीमा पदोन्नति समेत हुनेछ । व्यवसायमा अनुकूल परिवर्तन होला ।
तुला – बौद्धिक वा शैक्षिक क्रियाकलापमा प्रगति र सफलता मिल्नेछ, नसोचेको ठाउबाट आर्थिक लाभ पनि होला ।
वृश्चिक – सहयोगीहरूबाट उचित सहयोग पाइनेछ, पारिवारिक असमझदारी र बन्धुबान्धब संग मनमुटाव पनि होला ।
धनु – केही विरोध र आँटेको समयमा काम अवरुद्ध बन्न सक्छ । रोगको कारणले पैसा खर्च हुने दिन रहेको छ ।
मकर – पढाइलेखाइमा राम्रो नतिजा देखाउन सकिनेछ । यात्रा फलदायी बन्नेछ र काममा उत्साह जाग्नेछ ।
कुम्भ – सन्तानबाट फाइदा र सुख मिल्ने योग छ । रोकिएका काम सुरु हुनेछन् । दिन रमाइलै बित्ला ।
मीन – मानहानि वा अपजशको सम्भावना छ, कसैको लैलैमा टाढाको यात्रा समेत हुन सक्छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  ५ : १९ बजे