१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशिफल ( २०७६ कार्तिक २० गते )


२० कार्तिक २०७६, बुधबार  

0
Shares

राशिफल कार्तिक २०७६ २० –  Nov, 2019, बुधवार
नवमी – कुष्माण्ड नवमी/ सत्ययुगादि/ सको चँगु वने
हेटौँडामा रहेको कुष्माण्ड सरोवर त्रिवेणीधाममा कुष्माण्ड नवमी मेला लाग्छ ।
पञ्चाङ्ग
वि.सं. २०७६ कात्तिक २०। बुधबार। इ.स. २०१९ नोभेम्बर ६। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। शरद ऋतु। ने.सं. ११४० कछलाथ्व। कार्तिक शुक्लपक्ष। नवमी, ८:११ उप्रान्त दशमी। नक्षत्र– धनिष्ठा, ८:०४ बजेउप्रान्त शतभिषा। योग– वृद्धि, १०:२५ बजेउप्रान्त ध्रुव। करण– कौलव, ८:११ बजेदेखि तैतिल, २१:०९ बजेउप्रान्त गर। आनन्दादिमा मित्र योग। चन्द्रराशि– कुम्भ। काठमाडौंमा सूर्योदय– ६:१८ बजे, सूर्यास्त– १७:१५ बजे र दिनमान २७ घडी १ पला। पञ्चक। कुष्माण्ड नवमी। सत्य युगादि। सक्वचँगुवने। हेटौंडास्थित कुष्माण्ड सरोवरमा धर्मिक मेला।

मेष – विश्वासपात्रबाटै धोका हुने देखिन्छ । जीवनसाथीको स्वास्थ्यमा प्रतिकूलता र आपूmलाई समेत रोगले सताउने दिन छ ।
वृष – सवारी साधनको प्रयोग होसियारी साथ गर्नुपर्ने बेला छ । पढाइलेखाइमा सामान्य प्रगति हुने दिन रहेको छ ।
मिथुन – घरमा मंगलमय कार्य सम्पादन हुनेछन् । धर्मकर्म र समाजसेवामा विशेष लगाव बढ्नेछ ।
कर्कट – उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ । अध्ययनका लागि विदेशयात्राको सम्भावना समेत रहेको छ ।
सिंह – घरायसी समस्या बढ्ने, पढाइमा बाधा, काममा अवरोध र आफन्तसग मनमोटाव बढ्ने जस्ता समस्या आउन सक्छन् ।
कन्या – प्रतिस्पर्धाहरूमा विजयी भइनेछ, लामो समयदेखि रोकिएका कामसमेत सहजै सम्पादन हुनेछन् ।
तुला – नयाँ रोजगारको अवसर मिल्नेछ । व्यापार–व्यवसायमा उन्नति हुनेछ । आयआर्जनका नया स्रोतहरू थपिनेछन् ।
वृश्चिक – खर्च गर्नुपरे वैदेशिक यात्राबाट लाभ मिल्नेछ । उद्यमीहरूका लागि पनि आजको लगानीले फाइदै होला ।
धनु – अनावश्यक खर्च र धनहानिको योग छ । साथै कहि दण्ड जरिवाना समैत पाइएला सचेत रहनु होला ।,
मकर – नयाँ नोकरी, पदोन्नति वा अनुकूल स्थानान्तरण सम्भावित छ । मानसम्मान पाइनेछ । व्यापार व्यवसायमा लाभ मिल्नेछ ।
कुम्भ – लगानीको प्रतिफल प्रशस्त मिल्नेछ, कृषि उत्पादन बढ्नेछ साथै एक्लोपनाको अनुभूति पनि होला ।
मीन – टाढाको यात्रा, धर्मकर्म वा मंगलमय कार्यका लागि धन खर्च हुनेछ । व्यवसाय विस्तार एवं नयाँ रोजगारको अवसर पनि मिल्ला ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  ५ : ३७ बजे