८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


लागूऔषध तीन थान एम्पुलसहित तीन जना पक्राउ


२० कार्तिक २०७६, बुधबार  

0
Shares

२० कार्तिक ०७६, भक्तपुर ।  भक्तपुर नगरपालिका–४ तौमडीबाट लागूऔषध ९ थान एम्पुलसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका –९ बस्ने २० वर्षीय सौराज मल्ल, २० वर्षीय सविन भासी र भक्तपुर नगरपालिका–४ भेलुखेल बस्ने ४८ वर्षीय राजन भेले रहेका छन् ।

सूचनाको आधारमा प्रहरीले खानतलासी गर्दा लागू औषध फेला परेको प्रहरी नायब उपरीक्षक रेवती रमण पोख्रेलले जानकारी दिनुभयो । उनीहरुको साथबाट मोबाइल सेट र ९ हजार रुपैयाँसमेत बरामद गरिएको छ । नियन्त्रणमा लिएका उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएकाे छ ।

प्रकाशित मिति : २० कार्तिक २०७६, बुधबार  १ : ५९ बजे