१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


स्कुटरको ठक्करबाट पौदलयात्रीको मृत्यु


२२ कार्तिक २०७६, शुक्रबार  

0
Shares

२२ कार्तिक ०७६, चितवन । चितवनको भरतपुर महानगरपालिका–५ स्थित पञ्चरत्न चोकमा गएराति स्कुटरको ठक्करबाट पौदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अन्दाजी ४५ वर्षीय पुरुष व्यक्ति रहेको जिल्ला प्रहरी कार्यालय चितवनले बताएको छ । भरतपुरबाट मङ्गलपुरतर्फ जाँदै गरेको ना३६प ९३२४ नंको स्कुटरले पैदलयात्रीलाई ठक्कर दिएको थियो । स्कुटरको ठक्करबाट घाइते पैदलयात्रीको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । उनको सनाखत हुन सकेको छैन ।

त्यसैगरी पैदलयात्रीलाई ठक्कर दिने स्कुटरका चालक पनि घाइते भएका छन् । घाइते हुनेमा गैँडाकोट नगरपालिका–१० भेडावारी बस्ने २३ वर्षीय जनक कँडेल रहेको र उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७६, शुक्रबार  १० : २३ बजे