११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशिफल ( २०७६ कार्तिक २३ गते )


२३ कार्तिक २०७६, शनिबार  

0
Shares

कार्तिक 23, २०७६ Nov 09, 2019, शनिवार
द्वादशी – चाँगुनारायणमा अखण्डदीप दर्शन/ शनि प्रदोष व्रत/ मन्वादि/ विश्व स्वतन्त्रता दिवस

हिन्दू धर्म अनुसार, प्रदोष व्रत कलियुगमा अति नै मंगलकारी अनि शिव कृपा पाउन गरिने सरल र प्रभावकारी ब्रत हो । हरेक त्रयोदशी तिथि को सायं काल लाई प्रदोष काल भनिएको । के मान्यता छ भने प्रदोष को समयमा महादेव कैलाश पर्वतको रजत भवनमा यो समय नृत्य गर्नु हुन्छ अनि देवताहरु वहाको गुणगान गाउछन । अफ्नो कल्याण चाहने जो कोहिले यो व्रत बस्न सकिनेछ । प्रदोष व्रत लिनाले हरेक प्रकारका दोषहरु जान्छन । शास्त्रहरुमा सप्ताहको सातै दिनको प्रदोष व्रतको अलग अलग विशेष महत्व बताइएको छ । शनिवार प्रदोष व्रत बस्नाले सन्तान वा पुत्र प्राप्ति हुन्छ / सूर्यास्त भन्दा पछी र अध्यारो सुरुहुनु अघिको समय प्रदोष काल भनिन्छ । यो व्रतमा देवादिदेव महादेवको पूजा गरिन्छ । यो व्रत मा व्रतलिनेले बिहान स्नान गरेर भगवान शिवको बेल पत्र, तिर्थजल अक्षत धूप दीप सहित पूजा गरेर फेरी संध्या कालमा पुन: स्नान गरेर बिहान कै तरिकाले शिव जीको पूजा गनु पर्छ ।

पञ्चाङ्ग
वि.सं. २०७६ कात्तिक २३। शनिबार। इ.स. २०१९ नोभेम्बर ९। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। शरद ऋतु। ने.सं. ११४० कछलाथ्व। कार्तिक शुक्लपक्ष। द्वादशी, १४:२५ उप्रान्त त्रयोदशी। नक्षत्र– उत्तरभाद्रपदा, १५:४४ बजेउप्रान्त रेवती। योग– हर्षण, ११:५७ बजेउप्रान्त वज्र। करण– वालव, १४:२५ बजेदेखि कौलव, २७:२४ बजेउप्रान्त तैतिल। आनन्दादिमा धुम्र योग। चन्द्रराशि– मीन। काठमाडौंमा सूर्योदय– ६:२१ बजे, सूर्यास्त– १७:१३ बजे र दिनमान २७ घडी १ पला। पञ्चक। शनि–प्रदोष व्रत। मन्वादि। चाँगुनारायण अखण्ड दीपदर्शन। रुरु-रिडी क्षेत्रमा हृषीकेश रथयात्रा।

मेष – कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ, पुराना कामहरु आज नै सम्पन्न हुन सक्ने दिन रहेको छ ।
वृष – आज कुनै पनि नयाँ काम नथाल्नु होला, टाढाको यात्रा हुने दिन छ, लेनदेको काम पनि नगरेकै बेश होला ।
मिथुन – स्वास्थ्यका लागि खानामा ध्यान पुर्याउनुहोला, धनको नाश हुन सक्छ, साथै प्रेममा पनि धोका होला ।
कर्कट – काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ, मन हर्षित रहला ।
सिंह – कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला । परिवारजनका इच्छा पूरा गर्न सकिनेछ ।
कन्या – विपरित लिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ, काम गर्नमा थप जांगर थपिने देखिन्छ ।
तुला – शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ, तर सफलता भने प्राप्त हुने छैन, ब्यर्थै समयको नाश होला ।
वृश्चिक – मनमा दुबिधा रहन सक्ने दिन छ । सामाजिक काममा नाम रहने छ, जागिरमा भने सजक रहनु होला ।
धनु – प्रेम र मित्रताको बन्धन कसिने दिन छ, विभिन्न सहयोग र उपहार पाइनेछ, यात्राको पनि योग रहेको छ ।
मकर – परोपकारकारका क्षेत्रमा मन आकर्षित हुनेछ, मिष्ठान्न भोजनको अवसर आउने छ भने मित्रजन संग पनि भेटघाट होला ।
कुम्भ – भौतिक साधनको क्षतिले अनावश्यक धन नाश होला, सवारीसाधन चलाउदा विचार पुर्याएर मात्र चलाउनु होला ।
मीन – आज तपाइको धनजनमा बृद्धि भइ कसैबाट समर्थन पाइएला, ठुला ब्यक्तिसंग पनि भेटघाट हुन सक्छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७६, शनिबार  ५ : ३० बजे