२२ मंसिर २०८१, शनिबार | Sat Dec 7 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


स्कुटर पल्टिँदा चालकको मृत्यु


२४ कार्तिक २०७६, आइतबार  

0
Shares

२४ कार्तिक ०७६,चितवन ।   भरतपुर महानगरपालिका–७ तेह्रसालचोकमा आज बिहान स्कुटर अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ । स्कुटरमा पछाडि सवार एक जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–११ का २६ वर्षीय सुवास तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । घाइते हुनेमा रत्ननगर नगरपालिका–६ की २० वर्षीया पुजा सुनार हुन् ।

प्रहरीका अनुसार गीतानगरबाट भरतपुरतर्फ आउँदै गरेको ना५९प ३३७० नंको स्कुटर तेह्रसालचोकमा अनियन्त्रित भई पल्टिएको थियो । स्कुटर पल्टिएसँगै घाइते तामाङको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । पछाडि सवार घाइते सुनारको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटना बिहान ३ः५० बजे भएको थियो ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ९ : ३८ बजे