२४ कार्तिक ०७६, काठमाडौं । काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कको आकासे पुल भत्काइने भएको छ । कलंकी महराजगञ्ज सडक विस्तारका लागि पुल भत्काइन लागिएको काठमाडौं महानगरपालिका–२६ का वडाध्यक्ष खेम तिवारीले जानकारी दिनुभयो ।
तिवारीका अनुसार त्यस सडक चिनियाँ कम्पनीले विस्तार गर्न लागेको हो । मंसिर पहिलोहप्तादेखि आकासे पुल भत्काउन सुरु गर्ने भनिए पनि टुंगो लागेको छैन ।
त्यसैगरी पहिलो चरणको चक्रपथ विस्तारको काम कोटेश्वरदेखि कलंकीसम्म सम्पन्न भइसकेको छ
प्रतिक्रिया