२४ कार्तिक ०७६,नुवाकोट । नुवाकोटको मेघाङ गाउँपालिका–५ का वडाअध्यक्ष रामबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर टेकु, काठमाडौँबाट प्राप्त पत्रअनुसार लागुऔषध (चरेस) मुद्दामा फरार रहेका तामाङलाई नुवाकोट प्रहरीले आज बिहान घरबाटै पक्राउ गरेर काठमाडौँ पठाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार तामाङविरुद्ध विसं २०६१ जेठ २७ गते काठमाडौँ जिल्ला अदालतको फैसलाअनुसार उक्त मुद्दामा उनलाई तीन वर्ष कैद र रु २५ हजार जरिवाना सुनाइएको थियो ।
तामाङ रु ३० हजार धरौटीमा तारिखमा रिहा भएका तामाङ फैसला पछि फरार रहँदै आएका हुदा पक्राउ गरेर अदातलको फैसला कार्यान्वयनका लागि नुवाकोट प्रहरीले टेकु प्रहरीको जिम्मामा काठमाडौँ पठाएको छ ।
त्यसैगरी स्थानीय तहको निर्वाचनमा मेघाङ गाउँपालिकाको वडा नं। ५ मा वडाअध्यक्ष पदमा नेपाली काङ्ग्रेसबाट तामाङ उम्मेदवारी दिएर निर्वाचित भएका हुन ।
प्रतिक्रिया