७ फाल्गुन २०८१, बुधबार | Wed Feb 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


लागुऔषध मुद्दाका अपराधी वडाध्यक्ष पक्राउ


२४ कार्तिक २०७६, आइतबार  

0
Shares


२४ कार्तिक ०७६, नुवाकोट । नुवाकोटको मेघाङ गाउँपालिका–५ का वडाअध्यक्ष रामबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर टेकु, काठमाडौँबाट प्राप्त पत्रअनुसार लागुऔषध (चरेस) मुद्दामा फरार रहेका तामाङलाई नुवाकोट प्रहरीले आज बिहान घरबाटै पक्राउ गरेर काठमाडौँ पठाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार तामाङविरुद्ध विसं २०६१ जेठ २७ गते काठमाडौँ जिल्ला अदालतको फैसलाअनुसार उक्त मुद्दामा उनलाई तीन वर्ष कैद र रु २५ हजार जरिवाना सुनाइएको थियो ।
रु ३० हजार धरौटीमा तारिखमा रिहा भएका तामाङ फैसलापश्चात् फरार रहँदै आएकाले पक्राउ गरेर अदातलको फैसला कार्यान्वयनका लागि नुवाकोट प्रहरीले टेकु प्रहरीको जिम्मामा काठमाडौँ पठाएको छ ।
तामाङ स्थानीय तहको निर्वाचनमा मेघाङ गाउँपालिकाको वडा नं। ५ मा वडाअध्यक्ष पदमा नेपाली काङ्ग्रेसबाट उम्मेदवारी दिएर निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २४ कार्तिक २०७६, आइतबार  ८ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।