१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशिफल (२०७६ कार्तिक २५ गते )


२५ कार्तिक २०७६, सोमबार  

0
Shares

कार्तिक २५, २०७६ – 11 November, 2019, सोमवार

पञ्चाङ्ग
वि.सं. २०७६ कात्तिक २५। सोमबार। इ.स. २०१९ नोभेम्बर ११। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। शरद ऋतु। ने.सं. ११४० कछलाथ्व। कार्तिक शुक्लपक्ष। चतुर्दशी, १७:५५ उप्रान्त पूर्णिमा। नक्षत्र– अश्विनी, २०:११ बजेउप्रान्त भरणी। योग– सिद्धि, १२:३१ बजेउप्रान्त व्यतीपात। करण– वणिज, १७:५५ बजेदेखि भद्रा, ३०:३३ बजेउप्रान्त वव। आनन्दादिमा राक्षस योग। चन्द्रराशि– मेष। काठमाडौंमा सूर्योदय– ६:२२ बजे, सूर्यास्त– १७:१२ बजे र दिनमान २७ घडी ५ पला। शिव–बैकुण्ठ चतुर्दशी व्रत। डोटीमा केदार पूजनोत्सव। दिपायलमा जाँत। भागेश्वर मेला। धादिङमा किरान्चोक कालिका भगवती यात्रा। फाल्गुनन्द जयन्ती।

मेष – आफुले सोचेभन्दा बढी नै लाभ हन्छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ, दिन सामन्य नै रहला ।
वृष – प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । यात्रा हुनसक्छ ।
मिथुन – घरेलु समस्याले सताउने छ । मित्र बनेर धोकादिनेहरु प्रसस्थै हुनेछन, साथै अर्थको पनि हानी हुने दिन छ ।
कर्कट – नसोचेको धन लाभ हुन सक्छ । तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ ।
सिंह – आर्थिक पक्ष आज सन्तोष जनक रहेको छ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ ।
कन्या – पढाइमा पाउने सफलता निरन्तर र व्यापारमा पाउने सफलता यथावत रहने छ, साथीभाइसंग भेटघाट पनि होला ।
तुला – बेकारको विवादमा फँस्न सकिन्छ, बोल्दा धैर्यका साथ बोलेकै बेस हुनेछ, तर ब्यापारमा भने फाइदै होला ।
वृश्चिक – व्यापारमा गरेकोको लगानि सन्तोस प्रद रहनेछ । अरुबाट प्रसम्सा पाउनुहोला, मन हर्षित हुने दिन छ ।
धनु – बैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदै गर्ने देखिन्छ, पढाइमा वृद्धि र कृषि ब्यापारमा पनि नाफा होला ।
मकर – चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ, मित्रजनको सहयोग पनि प्राप्त होला ।
कुम्भ – स्वास्थ्यका लागि खानामा ध्यान पुर्याउनुहोला, धनको पनि नाश हुन दिने छ, पीडा दिनेहरु सक्रिय रहलान ।
मीन – पढाइमा सफलता मिल्नेछ । बुद्धिको तारिफ ठूला व्यक्ति बाट हुनेछन, नयां कामको थालनी हुने दिन छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  ४ : १५ बजे