१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


विप्लब सक्रेटरी सुन्तलीलाई विरुद्ध टावर आगजनीको आरोप


२५ कार्तिक २०७६, सोमबार  

0
Shares

२५ कार्तिक ०७६, काभ्रेपलाञ्चोक । प्रहरीको हिरासतमा रहेका नेत्रविक्रम चन्द ‘विप्लब’ (माओवादी)का काभ्रेपलाञ्चोक जिल्ला सेक्रेटरी सुन्तली थोकरलाई एनसेल टावर आगजनी तथा बम विस्फोटको आरोप लगाएको छ ।

सुन्तलीलाई २०७५ चैत १० गते काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–५ सल्लेडाँडामा रहेको एनसेल ( बिटिएस ) टावरमा आगजनी गरेको आरोपमा प्रहरीले अनुसन्धान गरेको छ । ‘थोकरविरुद्ध एनसेल टावरमा आगजनी तथा केही स्थानमा बम विस्फोटको आरोपमा अनुसन्धान भइरहेको, जिल्ला प्रहरीप्रमुख प्रहरी उपरीक्षक जयराज सापकोटाले बताउनु भयो ।

बत्तीस वर्षीया थोकरलाई यहि कात्तिक ६ गते राति पनौती नगरपालिका–९ शङ्खुस्थित घरबाटै प्रहरीले पक्रेको थियो । प्रहरीले थोकरको अनुसन्धान नसकिएको जनाउँदै जिल्ला अदालतबाट दुईपटक म्याद थप गरिसकेको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  १० : १० बजे