२६ श्रावण २०८३, मंगलबार | Wed Aug 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


अब जापानले कृषि क्षेत्रमा नेपाली कामदार लैजाने


२५ कार्तिक २०७६, सोमबार  

0
Shares

 

२५ कार्तिक ०७६ काठमाडौं । नेपालबाट विशिष्टकृत सीप भएका कामदार लैजान शुरु गरेको जापानले अब देखि कृषि क्षेत्रमा पनि नेपाली कामदार लैजाने भएको छ ।

जापानको कृषि, वन तथा मत्स्यपालन मन्त्रालयका उपमहानिर्देशक ताकामी नाकाडा नेतृत्वको प्रतिनिधिमण्डलले आज श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग भेटघाट गरी जापानी पक्षले कृषि क्षेत्रमा कामदारको आवश्यकता भएकाे हुदा नेपाली कामदार लैजान सकिने बताए छ ।

भेटको क्रमाम कृषि क्षेत्रमा जापानलाई चाहिने कामदार लैजाने सम्बन्धमा भाषा र सीप परीक्षा छिट्टै सञ्चालन गर्ने विषयमा छलफल भएको श्रम मन्त्रालयले जानकारी दिएको छ ।

नेपाल र जापान सरकारबीच भएको सम्पन्न समझदारीमा जापानले कृषिलगायत अन्य १४ क्षेत्रमा नेपाली कामदार लैजान सक्ने व्यवस्था गरको छ ।

त्यसै क्रममा मन्त्री विष्टले हाल चलिरहेको ‘नर्सिङ केयर गिभर’ मा कामदार लैजाने प्रक्रियालाई थप चुस्त एवं गुणस्तरीय र विश्वसनीय बनाउन अनुरोध पनि गरेका थिए ।

भेटमा उपमहानिर्देशक नाकाडाले नेपालबाट कृषि, मत्स्यपालन एवं ‘फुड सर्भिस’सँग सम्बन्धित क्षेत्रमा नेपाली कामदार लैजान इच्छुक रहेको बताए। नेपाली कामदारलाई आवश्यक सीप, तालीम प्रदान गर्न जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० मार्फत सहकार्य गर्न तत्पर रहको बताएका थिए ।

प्रतिनिधिमण्डलमा सहभागी नेपालका लागि जापानका राजदूत मासामिची साइगोले नेपालबाट कृषि कामदार लैजान तत्काल अध्ययन अनुसन्धान शुरु गर्ने । नेपाल र जापानबीच भएको श्रम समझदारीअनुसार क्रमिकरुपमा कामदारको सीप परीक्षण गरी थप कामदार लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  ९ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।