१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


दुई किलोग्राम चाँदीसहित भुटानी नागरिक पक्राउ


२६ कार्तिक २०७६, मंगलबार  

0
Shares

२६ कार्तिक ०७६ काठमाडौँ । भुटानी नागरिकलाई दुई किलोग्राम चाँदीसहित प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालयको प्रहरी टोलीले ड्रुक एयर उडानमार्फत भुटान जान लागेको अवस्थामा राहदानी नम्बर जी १२८९३२ बाहक भुटानी नागरिक ५१ वर्षीय गारव दोर्जेलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

त्रिभुवन    विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ‘होल्ड ब्यागेज’ जाँच गर्ने क्रममा उनको साथबाट ब्यागमा राखिएको ९९९ लेखिएको बिस्कुट आकारमा १४ वटा टुक्रा चाँदी फेला पारिएकोम हानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीलेजानकारी दिनुभयो ।

प्रवक्ता ज्ञवालीले अवैध रुपमा भन्सार छलेर चाँदी विदेश लैजान लागेको अवस्थामा पक्राउ गरिएको बताउनुभयो । पक्राउ परेका भुटानी नागरिकलाई बरामद गरिएको चाँदीसहित आवश्यक अनुसन्धान एवं कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको विमानस्थल सुरक्षा कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  २ : ५३ बजे