१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


भारतको सिमाना नजिकै प्रहरी चौकीमा बम विस्फोट


२६ कार्तिक २०७६, मंगलबार  

0
Shares

फाइल तस्विर

२६ कार्तिक ०७६, रौतहट । रौतहटको एक प्रहरी चौकीमा बम विस्फोट भएको छ । जिल्लाको इशनाथ नगरपालिकास्थित मठिया प्रहरी चौकीमा विस्फोट भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ । मठिया चौकी नेपाल–भारत सीमा क्षेत्र नजीक पर्दछ ।
घटनामा एक प्रहरी जवान रञ्जित यादव घाइते भएका छन् । सेन्ट्री पोस्टमा बसेका यादव घाइते भएका थिए । विस्फोटमा संलग्न रहेका भारत बिहारको ढाका भन्ने स्थानका चन्दन कुमारलाई प्रहरीले पक्राउ गरेको छ । उनले प्रयोग गरेको बीआर०५एच ६५०९ नम्बरको मोटरसाइकल प्रहरीले नियन्त्रणमा छ ।

 

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  १० : १९ बजे