१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशिफल ( २०७६ कार्तिक २७ गते )


२७ कार्तिक २०७६, बुधबार  

0
Shares

राशिफल कार्तिक २७, २०७६ – 13 November, 2019, बुधवार

प्रतिपदा – थानकोट महालक्ष्मी यात्रा

पञ्चाङ्ग
वि.सं. २०७६ कात्तिक २७। बुधबार। इ.स. २०१९ नोभेम्बर १३। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। शरद ऋतु। ने.सं. ११४० कछलागा। मार्ग कृष्णपक्ष। प्रतिपदा, १९:४४ उप्रान्त द्वितीया। नक्षत्र– कृत्तिका, २२:५९ बजेउप्रान्त रोहिणी। योग– वरियान्, ११:५१ बजेउप्रान्त परिघ। करण– वालव, ७:२८ बजेदेखि कौलव, १९:४४ बजेउप्रान्त तैतिल। आनन्दादिमा सिद्धि योग। चन्द्रराशि– वृष। काठमाडौंमा सूर्योदय– ६:२४ बजे, सूर्यास्त– १७:११ बजे र दिनमान २६ घडी ८ पला। सर्वार्थसिद्धि योग अहोरात्र। त्रिजटालाई अर्घ्य दिने दिवस। थानकोटमा महालक्ष्मी यात्रा।

मेष – व्यापारबाट राम्रै आम्दानी हुनसक्छ । नसोचेको काम बन्ने योग छ, अनौठो समाचार पनि सुनिएला ।
वृष – प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । यात्रामा विशेष लाभ होला, दिन सामान्य नै छ ।
मिथुन – आज आर्थिक संकट पनि आउनेछ लेनदेनमा विबाद पनि बढनेछ, घरायसी समस्या पनि आउला ।
कर्कट – गलत विचारहरुले काममा बाधा सिर्जना गर्ने छ । अरुको काम धेरै गर्नु पर्ला, समयको बचत कम हुने दिन छ ।
सिंह – दाम्पत्य सम्बन्ध सुखद रहनेछ । प्रेमको बन्धनमा बाँधिने दिन छ, पैसो लेनदेनकाृे काम पनि होला
कन्या – परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ । मनोरञ्जनमा भुलिने समय छ ।
तुला – लेनदेनको समस्याले सताउनेछ, शत्रु पनि बढने छन, ब्यापारमा पनि घाटा बेहोर्नु पर्ला ।
वृश्चिक – पढाइमा सुधार आउने योग छ । कुराकाटनेहरु प्रसम्सक बन्ने छन, जागीरबाट पनि सन्तुष्टी मिल्ने देखिन्छ ।
धनु – लामो समयदेखि रोकिएका कामहरू बन्न सक्ने मौका छ । आकस्मिक निम्तोमा सहभागी हुन पाइनेछ ।
मकर – प्रेमसम्बन्ध र दाम्पत्य सुखको योग छ । स्वास्थ्यस्थितिमा सुधार आउने छ, आयआर्जनको स्रोत फेला पर्ला ।
कुम्भ – समय राम्रो भएपनि आज खर्च बढने विबाद बढने तथा शत्रुले सताउने योग छ सावधान रहनु होला ।
मीन – शैक्षिक प्रगतिका लागि अनुकूल समय आएको छ, पठनपाठनमा ध्यान दिनु बेस हुनेछ, प्रेमसम्बन्ध बलियो रहनेछ ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ५ : ४१ बजे