६ फाल्गुन २०८१, मंगलबार | Tue Feb 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


लागुऔषधसहित भारतीय नागरिक पक्राउ


२७ कार्तिक २०७६, बुधबार  

0
Shares

२७ कार्तिक ०७६, काठमाडौँ । लागुऔषधसहित काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट भारत विहार घर भएका २४ वर्षीय दिलीप साहलाई प्रहरीले पक्राउ गरेको छ ।

उनको साथमा रहेको लागुऔषध फेनरागन ६५० एम्पुल, डाइजेपाम ६५० एम्पुल र नुर्फिन ६५० एम्पुलसहित आज पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बा७ख ५३७६ नंको बसलाई जाँच गर्ने क्रममा झोलाभित्र लुकाई–छिपाई ल्याउँदै गरेको अबस्थामा उक्त लागुऔषध सहित बरामद गरी उनलाई प्रहरीले नियन्त्रणमा लिइएकोछ ।
त्यसैगरी उनीलाई लागुऔषधसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको नागढुङ्गा प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ७ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।