८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


चन्द समूहका विद्यार्थी नेताद्वारा आत्मसमर्पण


२७ कार्तिक २०७६, बुधबार  

0
Shares


२७ कार्तिक ०७६,सर्लाही । नेत्रविक्रम चन्द समूहका एक विद्यार्थी नेताले बुधबार जिल्ला प्रशासन कार्यालय सर्लाहीमा आत्मसमर्पण गरेका छन् । पार्टीको नीति राम्रो नभएको भन्दै ईश्वरपुर नगरपालिका–५ नरेशखोरका २२ वर्षीय राजीव महतोले आत्मसमर्पण गरेको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिनुभयो ।

आत्मसमर्पण गर्न जिल्ला प्रशासन कार्यालय पुगेका महतोले पार्टीको क्रियाकलाप चित्तबुझ्दो नभएपछि समूह परित्याग गरेको बताउनुभयो । एक वर्षदेखि चन्द समूहको विद्यार्थी सङ्गठनको जिल्ला सदस्य भएर काम गरेको महतोले बताउनुभयो । “पार्टीको क्रियाकलापप्रति चित्त नबुझेकाले आत्मसमर्पण गरेका छौँ, चन्द समूह परित्याग गरे पनि तत्कालै कुनै पार्टीमा प्रवेश गर्दैनौँ”, महतोले भन्नुभयो । आत्मसर्पण गरेका महतोसँग आवश्यक कानूनी प्रक्रिया पु¥याई छोडिएको प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २७ कार्तिक २०७६, बुधबार  ९ : २९ बजे