१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


२८ कार्तिक २०७६, बिहिबार  

0
Shares

२८ कार्तिक ०७६, चितवन । आज बिहान चितवनमा बोलेरोको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगपालिका–६ का ३० वर्षीय रोशन सापकोटा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएकाृ छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा१०च ४४१३ नंको बोलेरोले विपरीत दिशाबाट आउँदै गरेको बा६६प २९६५ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते सापकोटाको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकललाई ठक्कर दिने बोलेरो र चालक प्रहरीले नियन्त्रणमा लिएको छन् । आज बिहान २ः३० बजे इच्छाकामना गाउँपालिका–६ जलवीरेमा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहिबार  ७ : ५४ बजे