१३ जेष्ठ २०८१, आइतबार | Sun May 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


सीमा अतिक्रमण कूटनीतिक तवरबाट समाधान खोजिनुपर्छ : सभापति देउवा


२८ कार्तिक २०७६, बिहिबार  

0
Shares

२८ कार्तिक ०७६कैलाली । नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भारतले गरेको सीमा अतिक्रमणका विषयमा सरकारले कूटनीतिक तवरबाट समाधानको उपाय खोजिनुपर्नेमा जोड दिनुभएको छ ।

आज धनगढी विमानस्थलमा नेपाल प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले कालापानी, लिपुलेकसहित अतिक्रमित भूमि फिर्ताका विषयमा जताततै नारा जुलुस, विरोध गरेर मात्र समस्याको समाधान नहुने बताउनुभयो ।
लागेको उपनिर्वाचनमा नेपाली काङ्ग्रेसलाई विजय गराउन पार्टीका कार्यकर्ता तथा नेताहरु सबैलाई एकजुट भएर लाग्न अपिल गर्नुभयो । काङ्गेसको भ्रातृ संस्था तथा शुभेच्छुक सङ्घसंस्थाहरुको निर्वाचनका बारेमा सञ्चारकर्मीले सोधेको प्र्रश्नको जवाफमा पूर्वप्रधानमन्त्री देउवाले सङ्घसंस्थाहरुको निर्वाचन उपनिर्वाचनपछि चाँडै हुने जानकारी दिनुभयो ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहिबार  ७ : ५३ बजे