१३ जेष्ठ २०८१, आइतबार | Sun May 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


अज्ञात समूहले बाख्रा मा¥यो


२८ कार्तिक २०७६, बिहिबार  

0
Shares

२८ कार्तिक ०७६, भोजपुर ।

फाइल तस्विर

भोजपुरको अरुण गाउँपालिकामा अज्ञात समूहले सात वटा बाख्रा काटेर मारिदिएका छन् । अरुण गाउँपालिका–६ जरायोटारको खर्काउनेमा रणबहादुर विश्वकर्माको एउटा, बाबुराम विश्वकर्माका तीन वटा र भरत विश्वकर्माका तीन वटा बाख्रा अज्ञात समूहले काटेर मारिदिएको हो ।

खोरमा बाँधिएका बाख्रा काटेर मारिदिएपछि स्थानीयवासी त्रसित भएका छन् । खर्काउनेमा तीन किसानका घरका बाख्रा काट्ने त्यही समूहले जरायोटारको केन्द्र पाल्पालेस्थित केही पसलमा तोडफोड गरेको हुनसक्ने पनि स्थानीयवासी टीकाराम बराइलीले जानकारी दिनुभयो । खोरमा बाँधिएका बाख्रा काटेर मारिएको र पसल तोडफोडको घटनापछि अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
–––

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहिबार  ८ : ४० बजे