महेश सिंह
२८ कार्तिक ०७६, सिरहा । लिपुलेकलगायत नेपानी भुभाग मिचेको विषयलाई लिएर सिरहाको लहानमा बुधबार भारत सरकारविरुद्ध विरोध प्रर्दशन गरिएको छ । नबि .संघ जिल्ला कार्यसमिती सिरहाका सभापति शितलप्रसाद चौधरीको अगुवाईमा बुधबार सिरहाको लहानमा बिशाल जुलुस निकालेका हो ।
कालापानी, लिपुलेक र लिम्पियाधुरालगायत सिमा मिचिएका मुद्दालाई लिएर देशभर आन्दोलन भइरहदा सिरहा, सप्तरी, धनुषा र महोत्तरीलगायत तराई मधेश देशका विभिन्न जिल्लाहरुमा प्रर्दशन भइरहेको छ ।
स्थानीय युवाहरूको अगुवाइमा निकालिएको ¥यालीमा सिरहा र लहान नगरपालीका भित्र पर्ने कलेजहरु जे .एस मुरारका बहुमुखि क्याम्पस लहान, रोयल सपटेक कलेज लहान एल.एमसी. कलेज, लक्ष्मण ललिता कुशवहाँ उच्च मा .बी. र पब्लिक टेक्निकल ईन्स्टिच्युटलगायत क्याम्पसका विद्यार्थीहरुको उल्लेखनिय सहभागिता रहेको नेबि संघ केन्द्रिय सदस्य अशोक चौधरीले बताए ।
प्रतिक्रिया