१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


अढाइ लाखको विकाश योजना, ५० हजार बचत


२९ कार्तिक २०७६, शुक्रबार  

0
Shares


२९ कार्तिक ०७६, भजनी । कैलालीको जानकी गाउँपालिकामा गठन भएको एक उपभोक्ता समितिले साढे दुई लाखको योजनाबाट प्राविधिकको लागतभन्दा दोब्बर बढी काम गरेर रु ५० हजार बचाएको छ ।
जानकी गाउँपालिकाको आर्थिक वर्ष २०७५÷७६ को बजेटबाट वडा नं ३ को भगतपुर बरका पुरुवा हुँदै मुख्य सडक जोड्ने बाटो निर्माणबाट बचेको रु ५० हजार गाउँकै युवा सञ्जाललाई उपभोक्ता समितिले हस्तान्तरणसमेत गरेको छ । गाउँपालिकाले विनियोजन गरेको बजेटबाट ४२१ मिटर सडकमा माटो पटानी तथा नालीको निकासका लागि रु दुई लाख ५० हजार र जनश्रमदानको रु ६२ हजार १३५ गरी रु तीन लाख चार हजार ६३ को लागत तयार भएको थियो ।
उक्त रकमबाट उपभोक्ता समितिले ९७० मिटर सडकमा माटो पटानी तथा नालीको निकास गरी रु ५० हजार बचत गर्न सफल भएको उपभोक्ता समितिका अध्यक्ष भक्तराज देवकोटाले बताउनुभयो । उपभोक्ता समितिले सडक निर्माण भएर बचत भएको उक्त रु ५० हजार वडा नं ३ भगतपुरमा रहेको घोडाघोडी देउता युवा ओजरार घरको स्तरोन्नतिका लागि भन्दै एक कार्यक्रमको आयोजना गरी सहयोग गरेको छ ।
उहाँले पछिल्लो समयमा जनप्रतिनिधि र कर्मचारीले ठेकेदार तथा उपभोक्ता समितिसँग मिलेर लाखौँको भ्रष्टाचार गर्दै आएकामा आगामी दिनमा युवाले समुदायस्तरमा यस्ता उदाहारणीय काम गरी भ्रष्टाचारको विरुद्धमा आवाज उठाउन पर्नेमा जोड दिनुभयो । बाटो निर्माणको काम गत आर्थिक वर्षमै सके पनि बचत भएको रकम आवश्यकताका आधारमा सबैको प्रतिनिधित्व हुने र स्थानीयवासीको सुझाव सल्लाहका आधारमा सो घरको स्तरोन्नतिका लागि हस्तान्तरण गरिएको बताइएको छ ।
–––

प्रकाशित मिति : २९ कार्तिक २०७६, शुक्रबार  ७ : २६ बजे