१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


गर्भवतीको हेलिकोप्टरबाट उद्धार


३० कार्तिक २०७६, शनिबार  

0
Shares

३० कार्तिक ०७६,जाजरकाेट । डोल्पा शे–फोक्सुण्डो गाउँपालिका–८ की २१ वर्षीया सुत्केरी हुन नसकेपछि छिरिङपुटी गुरुङको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको  हाे।  उनकाे फोक्सुण्डो तालको छेउबाटै द्धार गरिएको हो ।

बुधबार नै प्रसूति व्यथाले थलिनुभएकी गुरुङको उद्धारका लागि हेलिकोप्टरको पहल भएपनि मौसमको समस्याले शुक्रबार साँझ मात्र उद्धार गरिएको स्थानीयवासी आङबहादुर लामाले जानकारी दिनुभयो ।

महिला तथा बालबालिका मन्त्रालयमार्फत राष्ट्रपति उद्धार कोषबाट गुरुङको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले जानकारी दिनुभयो ।

गर्भवती गुरुङलाई काठमाडौँ ल्याएर शल्यक्रियापछि बच्चा र आमाको स्वास्थ्य राम्रो रहेको थापाथली प्रसूति गृहले जनाएको छ । स्वास्थ्य चौकी पनि नजीकै नरहेको र आमा र बच्चाको स्वास्थ्य अवस्था कमजोर भएको हुदा डोल्पामा प्रसूति गराउन नसकिने चिकित्सकले सल्लाह दिएपछि गुरुङलाई काठमाडौैमा उपचारका ल्याइएको हो ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  ७ : ३५ बजे