८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


नवीन कलाश्री पुरस्कार किरण मानन्धरलाई


३० कार्तिक २०७६, शनिबार  

0
Shares

३० कार्तिक ०७६, कास्की । कलाकार क्षेत्रलाल कायस्थ प्रतिष्ठान पोखराले नवीन कलाश्री पुरस्कार पहिलो पटक वरिष्ठ कलाकार किरण मानन्धरलाई प्रदान गर्ने भएको छ । पुरस्कारको राशि रु ५० हजार र ताम्रपत्र रहेको छ ।

गोपाल श्रेष्ठ संयोजक रहनुभएको प्रतिभा छनौट समितिले वरिष्ठ कलाकार मानन्धरलाई पुरस्कार दिने निर्णय गरेको हो ।

कला क्षेत्रमा विशेष योगदान पु¥याएका व्यक्तिलाई प्रत्येक दुई वर्षमा सो पुरस्कार प्रदान गरिने प्रतिष्ठानका उपाध्यक्ष नीरज कायस्थले जानकारी दिनुभयो ।

वरिष्ठ कलाकार क्षेत्रलाल कायस्थले सिर्जना गर्नुभएको समुन्द्रसतहदेखि हिमालपारिसम्मको चित्रकला समेटिएको कलायात्रा–७६ को मङ्सिर १ गतेदेखि नेपाल आर्ट काउन्सिल बबरमहलमा हुने प्रदर्शनीका अवसरमा उक्त पुरस्कार प्रदान गरिने प्रतिष्ठानका सदस्य केदार धमलाले जानकारी दिनुभयो ।

त्यसैगरी प्रदर्शनीमा कलाकार कायस्थका पानी एवं एक्रेलिक रङका भूदृश्य र अमूर्त गरी ७६ चित्र रहने जनाइएको छ ।

 रासस 

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  ८ : ०४ बजे