१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


ट्याङ्कर दुर्घटनामा एककाे मृत्यु एक जना घाइते


३० कार्तिक २०७६, शनिबार  

0
Shares

३० कार्तिक ०७६,बनेपा। धुलिखेल नगरपालिका–८ थाक्लेस्थित अरनिको राजमार्गमा शुक्रबार बेलुका  तेल ट्याङ्कर दुर्घटनामा घाइते भएका चालक राजकुमार लामा र सहचालक कञ्चन लामाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मकवानपुर जिल्ला हेटौँडा घर भएका ३० वर्षीय चालक लामाको धुलिखेल अस्पतालमा उपचारका क्रममा र मकवानपुर जिल्ला पालुङ घर भएका सहचालक कञ्चन लामाको थप उपचारका लागि नर्भिक अस्पताल लैजाँदै गर्दा शुक्रबार राति बाटोमा नै मृत्यु भएको हो । चालक लामाको शव धुलिखेल अस्पतालमा र सहचालक लामाको शव नर्भिक अस्पतालमा नै रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी धुलिखेलबाट पाँचखालतर्फ जाँदै गरेको ना७ख ३७६० नंको डिजेल बोकेको ट्याङ्कर  अनियन्त्रित भई सडकबाट अनुमानित १५० मिटर तल खसेको थियो । ट्याङ्कर दुर्घटना हुँदा घटनास्थल नजीकै बिग्रेको बा२ख ६२५६ नंको यात्रुवाहक बसमा काम गर्ने उदयपुर आँपटार गाविस–१ का सहचालक सोभितबहादुर कटुवाल घाइते भई धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएकाे छ  ।

कटुवाल दुर्घटना भएको ठाउँको डिलमा उभिएर बसेको अवस्थामा ट्याङ्करले सोहोरेर लगी घाइते भएका हुन् । ।

प्रकाशित मिति : ३० कार्तिक २०७६, शनिबार  १० : ४५ बजे