३ मंसिर ०७६, काठमाडौं । नेपाल आउने भएका छन् । नोवेम्बेर २२ मा गायक अमित मिश्राको कार्यक्रम हुनु पर्ने ठाउमा हुन नसकेको कारणले नक्स आर्टिस्टेलाई नेपाल बोलाइएको कम्पनीकी फाउन्डर सन्ध्या बस्नेतले बताउनु भयो । अमित मिश्राको व्यक्तिगत समस्याको कारण नोवेम्बेर बाईसमा हुने भनिएको उक्त कार्यक्रम हुन नसकेकोले आयोजक पक्ष पनि निकै दुखि छन् तर नेपाली श्रोताको भावनालाई मध्यनजर गरेर आकस्मिक रुपमा उक्त दिनको लागि अर्का चर्चित गायक ‘नक्स आर्टिस्टे’लाई बोलाइएको जानकारी आयोजक पक्षले गराएका हुन् तर अमित मिश्रा को उक्त कार्यक्रम भने चाडै नै हुने भन्ने बारेमा आयोजक पक्ष्य रहेको बताइएको छ ।
‘नक्स आर्टिस्टे’का साथमै नेपालका चर्चित गायक नबिन के भट्टराई र उनको ब्याण्ड अतृप्तको पनि प्रस्तुति रहने छ । नबिन के भट्टराई नेपाली संगीत जगत का निकै ख्यातिप्राप्त गायक हुनु हुन्छ उहाका सानादेखि ठुलासम्म थुप्रै प्रशंसक श्रोता रहेका छन्।
यहि नोवेम्बर २२ तारीक शुक्रबार का दिन वेलुकी दरबार मार्ग मा रहेको म्याग्नम लाउन्ज बार एण्ड क्लब मा वलिउडका ‘नक्स आर्टिस्टे’’ र नेपालका नबिन के भट्टराईले आफ्ना विभिन्न हिट गितहरु प्रस्तुत गर्ने कार्यक्रम राखिएको छ । साथसाथै भारत बाट डिजे मनी को पनि सान्धार्बिक प्रस्तुति रहने छ ्र
छोटै समयमा निकै ख्याती कमाउनु भएका नक्स आर्टिस्टेको बलिउडमा निकै ख्याती प्राप्त कलाकारको रुपमा लिइन्छ । उहा भारतका चर्चित र्यापर राफ्तारको लागि संगीत बनाउने काम गर्नुहुनछ । साथै टी सीरिजÞ कम्पनीका लागि पनि अधिकारिक हिपहाप संगीतकारको रुपमा काम हर्नुहुन्छ ।
नेपथ्य इभेन्ट म्यनेजेमेंट प्रा.ली.ले आयोजना गर्ने यस कार्यक्रमले पर्यटन वर्ष २०२० लाई धेरै टेवा पुर्याउने अनुमान गरिएको कम्पनीका सी.ई.ओ आशिस लामिछानेले बताउनु भयो ।
नक्स आर्टिस्टेले संस्कृतिक र पर्यटकीय स्थलको भ्रमण पनि गर्ने कार्यक्रम राखिएको छ । उहाँको आफ्नो नया म्युजिक भिडियोमा नेपालका स्थलहरुलाई लक्क्षित गरेर भिडियो सम्प्रेसन गरिनेछ । जसको प्रसारण संसार भरि हुने बताइएको छ ।
उहाले थुप्रै हीट गितहरु गाउनु भएको छ । उहाँका हरेक गीत बीस लाख भन्दा बढी हेरिएको छ । यसका साथ साथै उहाले थुप्रै चर्चित अवार्ड हरु पनि जिती जित्नु भएको छ ।
उहाँ असल गायक हुनुको साथसाथै एक असल संगीतकार पनि हुनुहुनछ उहाँले सलमान खानको ‘किक’ चलचित्रमा समेत संगीत दिई सक्नु भएको छ ।
उहाँले २०१२ देखि २०१९ सम्ममा देश र विदेश गरि ६०० भन्दा बढी कार्यक्रमहरू गरिसक्नु भएको छ । नेपथ्य इभेन्ट म्यानेजमेन्ट प्रा.ली. ले आयोजना गर्न लागेको कार्यक्रम एउटा च्यारिटी इभेन्ट हुने आयोजक पक्षले जानकारी दिएका छ ।
यस कार्यक्रम बाट उठेको केहि प्रतिशत उहाहरुले च्यारिटी सहयोग अर्थात् टुहुरा बालबालिकामा केन्द्रित रहेर हस्तान्तरण गर्ने जानकारी गराएको छन् । यस कार्यक्रम मा सिने जगत, संचारकर्मी ,कलाकारिता क्षेत्र ,सामाजिक क्षेत्र र ब्यबसायिक क्षेत्रका बिसिष्ट व्यक्तिहरको बाक्लो उपस्थिति रहने छ ।
नेपथ्य इभेन्ट म्यनेजेमेंट प्रा.ली. ले आयोजना गर्न लागेको कार्यक्रमलाई डिजिपे, जालापा फिर्स वाटर, भिजन कन्सन , रिसाउन्ड कफी हाउसले सहयोग गरेका छन् ।
प्रतिक्रिया