१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशिफल (२०७६ मंसिर ५ गते)


५ मंसिर २०७६, बिहिबार  

0
Shares

राशिफल मंसिर ५, २०७६ – 21 November, 2019, बिहिवार
नवमी – टेलिभिजन दिवस

पञ्चाङ्ग:
वि.सं. २०७६ मंसिर ५। बिहीबार। इ.स. २०१९ नोभेम्बर २१। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। ने.सं. ११४० कछलागा। मार्ग कृष्णपक्ष। नवमी, ९:२४ उप्रान्त दशमी। नक्षत्र– पूर्वफाल्गुनी, १७:२२ बजेउप्रान्त उत्तरफाल्गुनी। योग– वैधृति, १५:५५ बजेउप्रान्त विष्कम्भ। करण– गर, ९:२४ बजेदेखि वणिज, २०:१३ बजेउप्रान्त भद्रा। आनन्दादिमा गद योग। चन्द्रराशि– सिंह, २२:५७ बजेउप्रान्त कन्या। काठमाडौंमा सूर्योदय– ६:३० बजे, सूर्यास्त– १७:०८ बजे र दिनमान २६ घडी ५ पला।

मेष – तपाइको आज कसैबाट आदर पाउने दिन छ, तर पनि जागिरमा भने खासै मन नजाला ।
वृष – आज तपाइले सोचेका काम पुरा भइ सुखको अनुभव हुने दिन छ, साथै रुपैयापैसाको पनि कारोबार राम्रै होला ।
मिथुन – नसोचेको ठाउबाट आकस्मिक लाभ हुन सक्छ, तर पनि परिवारमा भने सामान्य विवाद होला ।
कर्कट – आज तपाइलाई अल्छी पनले सताउला, शरिरमा रोग लाग्नाले धनको पनि क्षति होला ।
सिंह – परिश्रम अनुसार उपलब्धि राम्रै पाइएला । रोकिएका काम फेरी सुरु हुन सक्छन्, पाहुनाको आगमन हुने दिन छ ।
कन्या – आज चिताएको काममा सफलता पाइनेछ धन लाभ पनि हुने दिन छ, कूसैबाट समर्थन पनि पाइएला ।
तुला – शरिरमा सामान्य रोगले सताउला तर पनि समाजिक सम्मान भने पाउने समय छ, यात्राको पनि योग छ ।
वृश्चिक – आर्थिक पक्ष खासै राम्रो छैन नसोचेको अनि बेकामको क्षेत्रमा पैसा खर्च हुनेछ सावधान रहनु होला ।
धनु – बिहानी पख सुखको अनुभव होेला तर बेलुकी काम गर्नमा मन नलाग्न पनि सक्छ ।
मकर – आजको दिन तपाइको पैसा कमाउने योग रहेको छ, नचिताएको टाउबाट आम्दानी हुने दिन छ ।
कुम्भ – कुनै नया कामको थालनी गर्नु भए राम्र्रो हुन्छ, परिवारमा आर्थिक समस्याले पनि सताउने छ ।
मीन – तपाइलाइ आज अनावश्यक रुपमा डर लाग्न सक्छ सतर्क रहनु होला, कसैसंग हल्का मनमुटाव पनि होला ।

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहिबार  ६ : १९ बजे