२७ मंसिर २०८१, बिहिबार | Thu Dec 12 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


महराद्वारा काजि अदालतको आदेशविरुद्ध उच्च अदालतमा निवेदन दर्ता


५ मंसिर २०७६, बिहिबार  

0
Shares

५ मंसिर ०७६ काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराले काठमाडौँ जिल्ला अदालतको पुर्पक्षका लागि आफूलाई थुनामा पठाइएको आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गर्नुभएको छ ।
जिल्ला अदालतको आदेशविरुद्ध थुनामा पठाउन गरिएको आदेश गैरकानूनी भएकाले साधारण तारेखमा रही पुर्पक्ष गरिपाऊँ भन्ने आग्रहसहित निवेदन आज बिहीबार दर्ता गरिेएको छ । भने अनुसन्धान हुने गरी थुना बाहिरै रहन पाउने माग निवेदनमा गरिएको उच्च अदालत पाटनका रजिष्ट्रार बाबुराम दाहालले जानकारी दिनुभयो ।

त्यस्तै गत कात्तिक १८ मा जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले जबर्जस्ती करणी उद्योगमा अभियोग लागेका महरालाई थुनामा राखी अनुसन्धान अघि बढाउन आदेश जारी गरेको थियो । संसद् सचिवालयका एक महिला कर्मचारीलाई बलात्कारको प्रयास गरेको अभियोगमा गत असोज १९ गते काठमाडौँ जिल्ला अदालतले महरालाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

त्यसैगरीअभियोगको थप अनुसन्धानका लागि महरालाई थुनामा पठाइएको हो ।

प्रकाशित मिति : ५ मंसिर २०७६, बिहिबार  ९ : ५८ बजे