७ फाल्गुन २०८१, बुधबार | Wed Feb 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सरकार प्रभावकारीरुपमा चल्न नसक्दा मन्त्री परिवर्तन :नेका नेता डा महत


६ मंसिर २०७६, शुक्रबार  

0
Shares

६ मंसिर ०७६ भक्तपुर । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले सरकार प्रभावकारीरुपमा चल्न नसक्दा मन्त्री परिवर्तन गर्नुपर्ने अवस्था आएको आरोप लगाउनुभएको छ ।

मङ्सिर १४ गते भक्तपुर क्षेत्र नं १ ९क० मा हुने प्रदेशसभा सदस्यको उपनिर्वाचनका लागि आज भक्तपुर नगरपालिका–१० कमलविनायकमा आयोजना गरिएको घरदैलो कार्यक्रममा उहाँले सरकार निष्प्रभावी हुँदा मन्त्री परिवर्तन गर्दै जानुपर्ने अवस्था आएको उल्लेख गर्नुभयो । “काँग्रेसले उपनिर्वाचनलाई प्रतिपक्षलाई बलियो बनाउन तथा सत्ताप्रतिको जनताको असन्तुष्टिलाई मापन गर्ने पारोका रुपमा लिएको छ”, नेता महतले भन्नुभयो ।

त्यसैगरी काँग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले महङ्गी, कर, बलात्कार, भ्रष्टाचारलगायत नियन्त्रण हुन नसकेकाले सरकारलाई सतर्क र सजग गराउन समेत काँग्रेसको जित आवश्यक रहेको बताउनुभयो । त्यस्तै घरदैलो कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, पूर्वसांसद कञ्चनचन्द्र वादे, केन्द्रीय सदस्य रमा पौडेल, भक्तपुर जिल्ला सभापति दुर्लभ थापालगायत सहभागी रहेको उपनिर्वाचन परिचालन समितिका संयोजक उद्धव खड्काले जानकारी दिनुभयो ।

उपनिर्वाचनमा काँग्रेसबाट कृष्णलाल भँडेल उम्मेदवार रहनुभएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  ७ : ४० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।