१३ जेष्ठ २०८१, आइतबार | Mon May 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशिफल ( २०७६ मंसिर ०७ गते )


७ मंसिर २०७६, शनिबार  

0
Shares

राशिफल मंसिर ७, २०७६ – 23 November, 2019, शनिवार

द्वादशी – वैष्णवहरूको उत्पत्तिका एकादशी व्रत

पञ्चाङ्ग :
वि.सं. २०७६ मंसिर ७। शनिबार। इ.स. २०१९ नोभेम्बर २३। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। ने.सं. ११४० कछलागा। मार्ग कृष्णपक्ष। द्वादशी, २६:२५ उप्रान्त त्रयोदशी। नक्षत्र– हस्त, १४:०४ बजेउप्रान्त चित्रा। योग– प्रीति, ९:३९ बजेउप्रान्त आयुष्मान्। करण– कौलव, १५:३२ बजेदेखि तैतिल, २६:२५ बजेउप्रान्त गर। आनन्दादिमा मृत्यु योग। चन्द्रराशि– कन्या, २५:१८ बजेउप्रान्त तुला। काठमाडौंमा सूर्योदय– ६:३२ बजे, सूर्यास्त– १७:०७ बजे र दिनमान २६ घडी ९ पला। वैष्णवहरूको उत्पत्तिका एकादशी व्रत। द्विपुष्कर योग १४:०४ देखि २६:२५ बजेसम्म।

मेष – खर्च गर्दा होस पुर्याउनु होला । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला यसले खर्च पनि गराउन सक्छ ।
वृष – हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगती हुन दिदैनन, जागीरमा पनि समस्या देखा पर्ने देखिन्छ ।
मिथुन – दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीका क्षेत्रमा लाभ मिल्नेछ, यात्रामा भने जोग्गिएर काम गर्नु होला ।
कर्कट – नोकरि तथा राजनितीमा गरेका प्रयास हरु फलदाइ रहनेछन, अरुले तपाइको तारिफ गर्न सक्छन ।
सिंह – पेटको खराबीले स्वास्थ्य कमजोर बन्नुका साथै काममा ढिलासुस्ती हुन सक्छ, नया कामको थालनी आज नगर्नु होला ।
कन्या – कामको सफलताले थप काम गर्ने हौसला मिल्नेछ, धनको साथै अन्नको पनि लाभ हुन सक्छ ।
तुला – आर्थिक क्षेत्रमा उन्नती हुनेछ । यात्राको योग रहेको छ, परिवारमा पनि खुशिको माहोल छाउनेछ ।
वृश्चिक – स्वस्थमा सुधार आउने, पढाइमा मन लाग्ने साथै सही निर्णय गर्ने योग छ । ।
धनु – सोचे अनुसार काम बन्न कठिन छ । नयाँ लुूगा, मीठो खानाको आनन्द मिल्नेछ, केही पैसाको हानी पनि होला ।
मकर – अधुराकाम बन्ने तथा नयाँकाम पाउने योग छ । नोकरिमा आफनु बर्चस्व बढाउन सकिनेछ, दिन सामान्य नै छ ।
कुम्भ – व्यापार तथा उद्योगमा फाइदाको योग छ । प्रतिस्पर्धीहरू पछि पर्ने छन, नसोचेको ठाउबाट केहि लाभ होला ।
मीन – रमाइलो तरिकाले कामहरु गर्न पाइनेछ । पशुधन र जमिनबाट सामान्य लाभ होला, ब्यापार भने ठिकै मात्र छ ।

प्रकाशित मिति : ७ मंसिर २०७६, शनिबार  ६ : १० बजे