७ मंसिर ०७६,काठमाडौं । आज शनिबार देशका पश्चिमी र मध्य पश्चिमका भूभागमा आंशिक बदली हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमि र मध्य भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा मौसम सफा रहनेछ । पश्चिमि बायुको प्रभावले नेपालमा यसको असर परेको हो ।
मौसम पूर्वानुमान महाशाखा को तीन दिनको मौसम सुचना ः
शनिबार ःदेशको पश्चिमि भू–भागमा सामान्य बदली र अन्य भू–भागमा आंशिकदेखि सामान्य बदली रहि पहाडि भू भागका एक वा दुर्इ स्थानमा हल्का वर्षा र हिमाली भू–भागमा हिमपात हुने देखिन्छ।
त्यस्तैगरी राति देशभर आंशिकदेखि सामान्य बदली रहि पहाडि भू–भागका एक–दुर्इ स्थानमा हल्का वर्षा र हिमाली भू–भागका थोरै स्थानहरुमा हल्कादेखि मध्ययम हिमपात हुने सक्ने सम्भावना देखिएको छ ।
आइतबार ः देशभर आंशिकदेखि सामान्य बदली रही पहाडि भू–भागका एक वा दुई स्थानमा हल्का वर्षा र हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना छ ।
त्यस्तै राति देशका मध्य र पूर्वि भू–भागमा सामान्य बदली रहि पश्चिमी भू–भागमा आंशिक रहनेछ । पूर्वि र मध्य पहाडि भू–भागका एक वा दुई स्थानमा हल्का वर्षा र हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना देखिएको छ ।
सोमबार ःदेशका मध्य र पूर्वि भू–भागमा सामान्य बदली रही पश्चिमी भू–भागमा आंशिक बदली रहनेछ । पूर्वि र मध्य पहाडि भू–भागका एक दुई स्थानमा हल्का वर्षा र हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपात हुने सक्ने देखिन्छ ।
पूर्वानुमान गरेको छ
प्रतिक्रिया