१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


लोकगीत प्रतिष्ठानमा विसी विजयी


९ मंसिर २०७६, सोमबार  

0
Shares


९ मंसिर ०७६,पोखरा । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको सातौँ महाधिवेशनबाट अध्यक्ष पदमा रमेश विसि निर्वाचित हुनु भएको छ। विसीले ५८४ मत ल्याएर प्रतिद्वन्द्वी विष्णु खत्रीलाई पराजित गनु भएको हो । खत्रीले ५४५ मत पाउनु भएको छ । पोखरामा गत शुक्रबारदेखि चलिरहेको महाधिवेशनबाट १० पदमा भने सर्वसम्मत गरिएको थियो
निर्वाचनपछि कोषध्यक्षका लागि राजु ढकाल विजयी हुनु भयो । सहकोषध्यक्षको पदमा भने इश्वरीप्रपाद ढकालले कव्जा जमाउनु भयो । प्रशासनिक सचिव कृष्ण रेउले र र खुला सचिवमा जीवन दाहाल,रमेशराज भट्टराई,जीवन दाहाल,कुलेन्द्र विश्वकर्मा,हरि डाँगी,प्रचण्ड जिसी, वसन्त थापा र पुस्कल शर्माले बाजी मार्नु भयो ।
साथै केन्द्रिय सदस्यहरुमा क्रमशः निर्वाचन समितिका अनुसार बरिष्ठ उपाध्यक्षमा रीता थापामगर ,प्रथम उपाध्यक्ष्यमा पशुपति शर्मा ,दित्तीय उपाध्यक्ष रामजी खाण,महिला उपाध्यक्ष राधिका हमाल पुन ,महासचिव सुवास केसी , उपमहासचिव शंकर बिसी , उपमहासचिव शिव हमाल , सांगठानिक सचिव खुमन अधिकारी ,महिला सचिव जमुना राणा मगर र सहकोषाध्यक्षमा पूर्णकला बिसी चयन हुनु भएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७६, सोमबार  ८ : ३४ बजे