८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशिफल ( २०७६ मंसिर १० गते)


१० मंसिर २०७६, मंगलबार  

0
Shares

राशिफल मंसिर १०, २०७६ – 26 November, 2019, मङ्गलवार

औंसी – दर्शश्राद्ध/ हलो बार्ने/ निशि बार्ने

पञ्चाङ्ग :
वि.सं. २०७६ मंसिर १०। मंगलबार। इ.स. २०१९ नोभेम्बर २६। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। ने.सं. ११४० कछलागा। मार्ग कृष्णपक्ष। औंसी, २१:०० उप्रान्त प्रतिपदा। नक्षत्र– विशाखा, १०:१७ बजेउप्रान्त अनुराधा। योग– अतिगण्ड, २२:४१ बजेउप्रान्त सुकर्मा। करण– चतुष्पद, ९:४२ बजेदेखि नाग, २१:०० बजेउप्रान्त किंस्तुघ्न। आनन्दादिमा श्रीवत्स योग। चन्द्रराशि– वृश्चिक। काठमाडौंमा सूर्योदय– ६:३४ बजे, सूर्यास्त– १७:०७ बजे र दिनमान २६ घडी २ पला। दर्शश्राद्ध। स्नान–दान गर्ने, हलो र निशि बार्ने औंसी।

मेष – कडा प्रायस गरे पनि सफलता हात लाग्ने बेलामा बादविवाद हुन सक्छ, कसैसंग बढी रीस पनि उठ्ला ।
वृष – नया कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ, जागिरमा पनि समस्या हुने दिन छ ।
मिथुन – सामाजिक काममा नेतृत्वदायी भुमिकामा खटिनु पर्नेछ यसले मान प्रतिस्ठामा राम्रो हुनेछ ।
कर्कट – परिवारबाट टाढा बस्नुपर्ने छ साथै साहित्यिक कार्यमा मन जाने छ, टाढाको यात्राबाट धनको लाभ पनि होला ।
सिंह – पिडा दिनेहरु सक्रिय रहन सक्छन एकदमै सवधान रहनु होला, सामान्य रुघाखोकिले पनि सताउला ।
कन्या – बुद्धिबिबेकले राम्रो काम गर्नेछ । अनायासै ठिक निर्णय हुनेछ, कसैबाट समर्थन पनि पाइने दिन छ ।
तुला – आँटेगरेको कार्यमा सफलता मिल्नुका साथै आर्थिक फाइदा भइ मन हर्षित हुनेछ ।
वृश्चिक – घरायसी समस्याले सताए पनि गरेका काम सफल हुनाले मन सन्तुष्ठ रहने छ, यात्रा पनि हुन सक्छ ।
धनु – काममा ढिला सुस्ती आउनुका साथै आर्थिक हानी हुने सक्छ सावधान रहनु होला, भौतिक साधनका पनि क्षति होला ।
मकर – काम गर्नमा नै समय बिताए मन खुशी नै रहे पनि सोचे जती फाइदा हुने छैन, मनलाएर काम गर्नु होला ।
कुम्भ – नयाँ काम सुरु गर्ने समय छ । व्यापारमा राम्रै धनलाभ हुनेछ, नउठ्ने पैसा पनि उठ्ने दिन छ ।
मीन – साथीभाइले काममा सहयोग जुटाउनेछन् । रचनात्मक काममा जुट्ने समय छ, सामान्यतया दिन एकदम राम्रो छ ।

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  ५ : ०३ बजे