११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


रैथाने बीउ संरक्षण गर्न के ले रोक्यो ?


१० मंसिर २०७६, मंगलबार  

0
Shares

१० मंसिर ०७६, काठमाडौ । लुलुगाई, कालीकाँक्रो, जुम्लीमार्शी र जेठो बुढो धानका बीउ संरक्षण गर्न के ले रोक्यो ?
संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा अधिकांश सांसद्ले कृषि विज्ञ तथा वैज्ञानिकलाई यो प्रश्न गरेका हुन् । लुलुगाई मुस्ताङ, कालीकाँक्रो मोरङ, जुम्लीमार्शी जुम्ला र जेठो बुढो धान कास्कीमा पाइने रैथाने जात र बाली हुन् । पछिल्लो समय नेपालमा उन्नत जात (हाइब्रिड) नाममा बहुर्राष्ट्रिय कम्पनीका थरीथरी बीउको आयात अनाधिकृत रुपमा बढेपछि रैथाने जातलाई समेत संरक्षण गर्दै उत्पादनमा जोड दिन सांसदले बैठकमा आग्रह गर्नुभएको हो । बैठकमा सांसद्हरु घनश्याम खतिवडा, राजबहादुर बुढा, राधाकुमारी ज्ञवाली, रेणुकुमारी यादव, सत्यनारायण शर्मा खनालले स्थानीय बीउको मौलिकता जोगाउन विज्ञहरुलाई सुझाव दिनुभएको थियोे ।

यसवर्ष गरिमा जातको हाइब्रिड धानको बीउबाट चितवन, रौतहट, नवलपरासी, नुवाकोट, लमजुङ, गोरखा, तनहुँ, दाङ, बाँके, र कैलालीमा रोपाइँ गरिएको थियो तर, धानको बाली लाग्ने वर्णशङ्कर जातको सो धान आयात गरी बिक्री वितरण गर्ने कम्पनी वा फर्मलाई नेपालको बीउबिजन ऐन, २०४५ले रु २५ हजार जरिवाना र आयात अनुमतिपत्र खारेज गर्नसक्ने सम्मको प्रावधान तोकेको छ ।

सो ऐन संशोधन गर्न समितिमा सैद्धान्तिक छलफल भइरहेको छ । नेपालको संविधानले खाद्य सम्प्रभुतालाई सुनिश्चितता गरेको छ । बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा युवकध्वज जिसीले बहुर्राष्ट्रिय कम्पनीको बीउ आयात रहर नभइ बाध्यता भएको जवाफ दिँदै मात्र र गुण दुवै सँगसँगै मिलाएर उत्पादन गर्नुपर्ने बताउनुभयो

प्रकाशित मिति : १० मंसिर २०७६, मंगलबार  ३ : ५१ बजे