११ मंसिर ०७६ काठमाडौं । गायक गणेशमान परियारको पहिलो देउडा गीत ‘साइले रोजी राजमहल’को म्युजिक भिडियो सार्वजनिक भएको छ । खप्तड डिजिटल म्युजिक प्राली मार्फत् बजारमा आएको गीतमा गायिका कल्पना बिसीले साथ दिएकी छिन् ।
सुदूरपश्चिम प्रदेशको डोटी पुर्बिचौकी गाउँपालिका (७ पोखरीकोट सलेनामा जन्मिएका गायक गाणेशमान को बाल्यकाल कैलालीको बल्मीमा बितेको थियो ।
सानैदेखि गीत संगीत भन्ने बित्तिकै हुरुक्कै हुने गायक परियारले आफ्नो पहिलो गीत मार्फत् औपचारिक रुपमै सांगीतिक जीवनको सुरुवात गरेका छन् ।
प्रेमीपे्रमिकाको जीवनमा आर्थिक अवस्थाले निम्त्याउने दरारलाइ गीतको भिडियोमा मार्मिक ढङ्गले देखाउन खोजिएको छ ।प्रताप बिकको लयरशब्द रहेको गीतमा कल्पना बिसी र दिपक संगम बिसीले अभिनय गरेका छन् ।म्युजिक भिडियोको निर्देशन भीम थापाले गरेका हुन् ।
भिडियाे हेर्नुहाेस :
प्रतिक्रिया