१० असार २०८१, आइतबार | Sun Jun 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु


१३ मंसिर २०७६, शुक्रबार  

0
Shares

१३ मंसिर ०७६ झापा । झापाको कचनकवल गाउँपालिकामा हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । वडा नं ७ का ५५ वर्षीय काया राय क्षेत्रीको गएराति हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

त्यस्तैगरी स्थानीय पाथीभरा सामुदायिक वनको भवन नजिकै आएको हात्तीले क्षेत्रीलाई आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट क्षेत्रीको घटनास्थलमै मृत्यु भएको बताइएको छ । मृतक क्षेत्री सोही सामुदायिक वनको भवनमा कार्यालय सहयोगीका रुपमा काम गर्दै आएका प्रवक्ता प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  १ : २६ बजे