८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सवारी दुर्घटनामा तीनको मृत्यु, १५ गम्भीर घाइते


१३ मंसिर २०७६, शुक्रबार  

0
Shares

१३ मंसिर ०७६,दैलेख । सुर्खेतबाट दैलेखतर्फ आउँदै गरेको भे १ ज १०२९ नम्बरको हाइस ९फोर्स० गाडी दैलेखको गुराँस गाउँपालिका–४ मग्रा भन्ने स्थानमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने १५ जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा पुरानो घर दैलेख भई हाल बर्दिया बस्ने नामबहादुर बडुवाल र उहाँकी श्रीमती कमला बडुवाल रहनुभएको छ । अर्का मृतक वीरेन्द्रनगर नगरपालिका बस्ने थिरे कामी रहेको जिल्लाप्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

त्यस्तैगरी गाडी सडकबाट २५० मिटर तल खसेको छ । हाइसमा १९ यात्रु सवार रहेको प्रहरीले जनाएको छ । घटनालगत्तै प्रहरी सहायक निरीक्षक चन्द्रलाल गिरीको कमाण्डमा गएको प्रहरी टोलीले तत्कालै उद्धारकार्यलाई प्रभावकारी बनाएका कारण अन्य मानवीय क्षति हुननसकेको दैलेखका प्रहरी प्रमुख हरीबहादुर ओलीले जानकारी दिनुभयो ।

सवारीचालक नरेश शाहीको ढाडमा चोट लागेकाले प्रहरीको निगरानीमा उनलाई जिल्ला अस्पताल दैलेखमा उपचारका लागि ल्याइएको छ । घाइतेहरुलाई कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारका लागि लगिएको छ ।

घाइते हुनेमा सुर्खेत खजुराका मङ्गले गुरुङ, मुकेश गुरुङ, सुर्खेत तातोपानीका एकै परिवारका मोहन परियार, झुमा परियार, चन्द्रा परियार, भीम परियार, बाँके नौवस्ताका कर्णबहादुर बोगटी र उहाँकी श्रीमती लक्ष्मी बोगटी, दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकाका लक्ष्मी रावत, दिलबहादुर कटुवाल, दुल्लु नगरपालिकाका लक्ष्मी योगी र अभिषेक योगी, सुर्खेत सुवकुनाका देवीप्रसाद सुवेदी, धुलायबीट बस्ने चन्द्रकली सिगौली, दैलेख भगवतीमाईका लक्ष्मीप्रसाद उपाध्याय रहेको प्रहरीले जनाएको छ ।

साँगुरो सडक र तीव्र गति दुर्घटनाको मुख्य कारण हुन सक्ने आशङ्का गरिएको छ । स्टेयरिङ फेल भएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रकाशित मिति : १३ मंसिर २०७६, शुक्रबार  ७ : ५० बजे