१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशिफल (२०७६ मङ्सिर १४ गते शनिबार )


१४ मंसिर २०७६, शनिबार  

0
Shares

राशिफल मंसिर १४, २०७६ – 30 November, 2019, शनिवार

चतुर्थी –

पञ्चाङ्ग
वि.सं. २०७६ मंसिर १४। शनिबार। इ.स. २०१९ नोभेम्बर ३०। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। ने.सं. ११४० थिंलाथ्व। मार्ग शुक्लपक्ष। चतुर्थी, १९:२२ उप्रान्त पञ्चमी। नक्षत्र– पूर्वाषाढा, १०:१९ बजेउप्रान्त उत्तराषाढा। योग– गण्ड, १६:३२ बजेउप्रान्त वृद्धि। करण– वणिज, ७:०८ बजेदेखि भद्रा, १९:२२ बजेउप्रान्त वव। आनन्दादिमा मातंग योग। चन्द्रराशि– धनु, १६:३५ बजेउप्रान्त मकर। काठमाडौंमा सूर्योदय– ६:३७ बजे, सूर्यास्त– १७:०६ बजे र दिनमान २६ घडी ३ पला।

मेष – नयाँ ठाउँमा धन लगानी गर्ने वातावरण बन्नेछ, स्वास्थ्यमा समस्या हुनसक्छ ।
वृष – सुखद समाचार सुन्न पाइनेछ । समाजसेवाका कामबाट लाभ हुनेछ भने अन्य विविध लाभ पनि होला ।
मिथुन – शरीरमा आलस्य जाग्नेछ । काम गर्न जाँगर लाग्दैन । प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुनसक्छ ।
कर्कट – विद्या, बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ । आकस्मिक धनको लाभ हुनेछ, अन्न प्राप्तीको पनि योग छ ।
सिंह – अप्ठ्यारा चुनौतीहरूलाई पन्छाउन सकिनेछ । आर्थिक पक्ष सबल बन्नेछ । ीदन सामान्य बित्ला ।
कन्या – जग्गाजमिनको कारोबार गर्दा असल हुने सङ्केत छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।
तुला – लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ ।
वृश्चिक – कुनै लाभदायक समाचार सुन्न पाइएला । साथीभाइसित अचानक भेटघाट हुने र आकस्मिक लाभ मिल्ने समय छ ।
धनु – सवारी साधनबाट सुख मिल्नेछ । लामो समयदेखि रोकिएका काम बन्दै जानेछन् । ध्नको प्राप्ती होला ।
मकर मित्रजनबाट सहयोगका साथै सुख मिल्नेछ । नोकरीमा प्रशंसनीय कार्य गरिनेछ ।
कुम्भ– सवारी साधन हाँक्दा सचेतता अपनाउनु होला, घरमा परपाहुना र अतिथिको आगमन हुनसक्छ ।
मीन – बालबच्चाबाट पनि सुखसन्तोष प्राप्त हुनेछ, यात्राको समय छ, धार्मिकस्थल, देवालय आदिको भ्रमण हुन सक्छ ।

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  ५ : १० बजे