१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


उपनिर्वाचन २०७६ एकसय पचासभन्दा बढी गाडी नियन्त्रणमा


१४ मंसिर २०७६, शनिबार  

0
Shares

१४ मंसिर ०७६ पोखरा । कास्की क्षेत्र नं–२ मा जारी उपनिर्वाचनको क्रममा जिल्ला प्रशासनबाट अनुमति नलिइ चलाइएका एकसय पचासभन्दा बढी सवारी साधनलाई आज (शनिबार ) जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्कीले नियन्त्रणमा लिएको छ ।

अनुमति नलिएका गाडी समातिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । नियन्त्रणमा लिएका गाडीमध्ये अधिकांश मोटरसाकल रहेको बताइएको छ ।

त्यस्तैगरी आकस्मिक सेवाका एम्बुलेन्स, दमकल, खानेपानी, विद्युत, खानेपानीका ट्याङ्कर र अत्यावश्यक सेवाका साथै अनुमति लिएका सवारी साधन  सञ्चालन भइरहेकाे प्रहरीले जानएकाे छ। ।

रासस

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  २ : २० बजे