१४ मंसिर ०७६, रोल्पा ।रोल्पाको थवाङ गाउँपालिका–१ को वडाध्यक्ष पदका लागि आज भएको मतदानमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का उम्मेदवार जनकबहादुर बुढामगर विजयी भएका छन् ।
बुढामगर १७४ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका कलमबहादुर रोकामगरले २६ मत प्राप्त गर्नुभयो । नौ जनाको मत बदर भएको प्रमुख निर्वाचन अधिकृत रमेशप्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।
एक हजार २८४ मतदाता रहेको उक्त वडामा २०९ जनाले मात्रै मतदान गरेका थिए । मतदान गर्नेमा ९७ महिला तथा ११२ पुरुष थिए ।
प्रतिक्रिया