१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


उपनिर्वाचन २०७६ : ९९ वर्षीय वृद्धद्वारा मतदान


१४ मंसिर २०७६, शनिबार  

0
Shares

१४ मंसिर ०७६ काठमाडौं । प्रतिनिधिसभा, प्रदेशसभा सदस्य र स्थानीय तहको ५२ पदका लागि आज भएको निर्वाचनमा बैतडीको पुर्चौँडी मावि मतदान केन्द्रमा ९९ वर्षीय बिरुवा धानुकले मतदान गर्नुभएको छ ।

निर्वाचन आयोगका अनुसार, बागलुङको ज्ञानोदय माविको कोवाङ केन्द्रमा ९७ वर्षीय गौरा कामतले पनि उपनिर्वाचनमा मतदान गर्नुभयो । मतदान केन्द्रमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती, सुत्केरी, किरियापुत्री तथा अशक्त मतदातालाई सहज ढङ्गले मतदान गर्न पाउने गरी आवश्यक प्रबन्ध मिलाइएको कारण मतदाताले अत्यन्त शान्तिपूर्ण र सहजरुपमा मतदान गरेका थिए ।

मुलुकका ३७ जिल्लाका ५३७ मतदान केन्द्रमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान कार्य शान्तिपूर्णरूपमा सम्पन्न भएको आयोगले जनाएको छ । कोहलपुर नपा सिद्धार्थ आधारभूत विद्यालय केन्द्रबाट ससुराको किरिया बसेकी ४२ वर्षीया सावित्री सापकोटाले मतदान गर्नुभयो ।
त्यस्तैगरी आयोगका अनसार मतदान भइरहेको अवस्थामा कास्की, दाङ, सर्लाही, डोटी र लमजुङमा मतदान केन्द्र नजिक सामान्य घटना भए पनि यसबाट मतदानमा कुनै असर नपरी मतदाताको उल्लेख्य र उत्साहपूर्ण सहभागिता थियो ।

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  १० : ०६ बजे