११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशिफल (२०७६, मंसिर १२ गते आइतबार)


१५ मंसिर २०७६, आइतबार  

0
Shares

राशिफल मंसिर १५, २०७६ – 1 December, 2019, आइतवार

पञ्चमी – विवाह पञ्चमी/ जनकपुरमा मेला/ विश्व एड्स दिवस

पञ्चाङ्ग:
वि.सं. २०७६ मंसिर १५। आइतबार। इ.स. २०१९ डिसेम्बर १। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। ने.सं. ११४० थिंलाथ्व। मार्ग शुक्लपक्ष। पञ्चमी, २०:१३ उप्रान्त षष्ठी। नक्षत्र– उत्तराषाढा, ११:३२ बजेउप्रान्त श्रवण। योग– वृद्धि, १५:५८ बजेउप्रान्त ध्रुव। करण– वव, ७:४३ बजेदेखि वालव, २०:१३ बजेउप्रान्त कौलव। आनन्दादिमा मुसल योग। चन्द्रराशि– मकर। काठमाडौंमा सूर्योदय– ६:३८ बजे, सूर्यास्त– १७:०६ बजे र दिनमान २६ घडी १ पला। राम-जानकी विवाह पञ्चमी। जनकपुरमा विवाह पञ्चमी मेला। आबाल ब्रह्मचारी षडानन्द जयन्ती। सर्वार्थसिद्धि योग ११:३२ बजेसम्म। विश्व एड्स रोग दिवस।

मेष – काम बिग्रने डरले सताइरहनेछ। प्रयत्न गर्दा पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ।

वृष – मेहनतले विशेष उपलब्धि आर्जन हुनुका साथै मानसम्मानसमेत पाप्त हुने समय छ। सहयोगीहरू जुट्नाले उत्साह जाग्नेछ।
मिथुन – प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला।

कर्कट – प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन्। खर्च बढ्नेछ। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रतिष्ठा जोगाउन सफल भइनेछ ।

सिंह – काममा अवरोध आउन सक्छ। सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले फाइदा हुनेछ ।

कन्या – कामका सहयोगीहरू पछि हट्नेछन् भने प्रतिस्पर्धीहरूले सताउन सक्छन्। आफ्ना योजनाहरू गोप्य राख्नुहोला। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला।

तुला – खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ला। पढाइलेखाइमा समय दिन नसकिएला। व्यावसायिक काममा पनि त्यत्ति फाइदा नहोला।

वृश्चिक – शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुस्ख पाइनेछ। स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ।

धनु – अरूको मात्र भर पर्नाले आफ्नो महत्वाकांक्षा पूरा नहुन सक्छ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ।

मकर– लगनशीलताले प्रतिष्ठित काम गर्ने मौका दिलाउनेछ। बोलीको भरमा महत्वपूर्ण काम सम्पादन हुनेछ।

कुम्भ – अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। अप्रिय समाचारले मन खिन्न हुनेछ।

मीन – समयमा हिम्मत गर्न नसक्दा पछि परिनेछ। पुरानो समस्या दोहोरिनाले अलि अप्ठ्यारोमा परिएला।

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ५ : ३६ बजे