११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


तेह्रौं साग क्रिकेटमा श्रीलङ्कासँग नेपाल पराजित


१७ मंसिर २०७६, मंगलबार  

0
Shares

१७मंसिर ०७६,  काठमाडाैं ।  १३ तेह्राैं दक्षिण एशियाली खेलकूद प्रतियोगिता ((९साग)अन्तर्गत पुरुष टि ट्वान्टी क्रिकेटमा नेपाल पहिलो खेलमा श्रीलङ्काको यु २३ सँग छ विकेटले पराजित भएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा टस हारेपछि ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ७२ रन बनायो । एक सय ७३ रनको विजयी लक्ष्य पछ्याएको श्रीलङ्काले १९ दशमलव एक ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो । त्यस्तै श्रीलङ्काका लागि शाम्मु आशानले अविजित ७२ रन बनाए । उनले ४४ बल खेल्दै पाँच छक्का र चार चौका प्रहार गरे । यस्तै निशान मदुशकाले ४२ खेल्दै एक छक्का र पाँच चौकाको मद्दतमा ४६ रनको योगदान दिए । बलिङतर्फ नेपालका लागि पवन सर्राफले दुई तथा सोमपाल कामी र सुशन भारीले एक÷एक विकेट लिए ।

यस अगाडी ब्याटिङ गर्दै नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट खेल प्रदर्शन गरे । उनले अविजित रहँदै ४४ बलमा तीन छक्का र चार चौकाको मद्दतमा ७२ रन बनाए । यस्तै पवन सर्राफले २२, कप्तान ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले समान २१ रन तथा आरिफ शेखले १९ रन बनाए । बलिङतर्फ श्रीलङ्काका कामिन्दु मेन्डिसले दुई तथा दुविन्दु तिलकरत्ने, आसिता फ्रनान्डो र काविष्का अन्जुलाले एक एक विकेट लिएका थिए ।
रासस

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  ४ : १६ बजे