११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशिफल (२०७६ मंसिर १९ गते)


१९ मंसिर २०७६, बिहिबार  

0
Shares

राशिफल मंसिर १९, २०७६ – 4 December, 2019, बिहिबार

अष्टमी – बुधाष्टमी व्रत/ बखुमद अष्टमी/ गोरखकाली पूजा

पञ्चाङ्ग :
वि.सं. २०७६ मंसिर १८। बुधबार। इ.स. २०१९ डिसेम्बर ४। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। ने.सं. ११४० थिंलाथ्व। मार्ग शुक्लपक्ष। अष्टमी, २५:१८ उप्रान्त नवमी। नक्षत्र– शतभिषा, १७:४४ बजेउप्रान्त पूर्वभाद्रपदा। योग– हर्षण, १६:१५ बजेउप्रान्त वज्र। करण– भद्रा, १२:१६ बजेदेखि वव, २५:१८ बजेउप्रान्त वालव। आनन्दादिमा मानस योग। चन्द्रराशि– कुम्भ। काठमाडौंमा सूर्योदय– ६:४० बजे, सूर्यास्त– १७:०६ बजे र दिनमान २६ घडी ६ पला।

पञ्चक पञ्चकको समयमा अन्तिम संस्कार समेत सोंच विचार गरेर गर्नु पर्छ । यो समयमा लेन-देन तथा ब्यापार जस्ता कुरा नगर्नु नै उत्तम मानिन्छ । पञ्चकको समयमा खाट बनाउनु अशुभ मानिन्छ । यो समयमा खाट बनाउँदा संकट आउन सक्छ । शव सँगै कुश वा आटाको पुतला बनाएर जलाउँदा दोष काटिने गरुण पुराणमा उल्लेख छ । पञ्चकको समयमा दक्षीण दिशा यात्रा गर्नु अशुभ मानिन्छ । । गढीमाईमा विशेष पूजा । बुधाष्टमी व्रत। गोरखकाली पूजा। बखुमद।

पशुपतिनाथ मन्दिर हिन्दूहरुको लागि पवित्र तीर्थ स्थल मानिए पनि बौद्ध धर्मावलम्बीहरुले पनि बोधिसत्व अवलोकितेश्वरका रुपमा मान्ने गर्छन्। वर्षमा एक पटक बौद्ध धर्मावलम्बीहरुलाई पशुपतिनाथ मन्दिरको शिवलिङ्गमा बोधिसत्वको मुकुट राख्न दिइन्छ। छायाँ दर्शनको दिन राखिने मुकुट र यो मुकुट फरक हो। बोधिसत्वको मुकुट राखिने दिन बखुमद अष्टमी हो। यसलाई मुखाष्टमी पनि भन्ने गरिन्छ। यो मुकुटमा पञ्चबुद्ध अंकित हुन्छ /

मेष – बोलीको प्रभावले फाइदा उठाउन सकिनेछ। मेहनतले धेरै काम बनाउन सकिनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ।
वृष – अध्ययनमा पछि परिने योग भएकाले सावधान रहनुहोला। प्रभावशाली व्यक्तिहरू प्रतिस्पर्धामा उत्रन सक्छन्, गोपनीयतामा ध्यान दिनुहोला।
मिथुन – योजनाहरू गोप्य राखी प्रतिष्ठा जोगाउने काम गर्नुहोला। लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउन सक्छ। ईर्ष्या गर्नेहरूबाट सावधान रहनुहोला।
कर्कट – विभिन्न अवसर प्राप्त हुनाले मन उत्साहित हुनेछ। तर आफन्तको विश्वास गर्दा समस्या उत्पन्न हुन सक्छ।
सिंह – काममा अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। रमाइलो जमघटका बीच विशेष उपहार र स्वादिष्ट खानपानको आनन्द पाइएला।
कन्या – स्वास्थ्यमा ध्यान पुर्याउनुहोला। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता गाँसिनेछ । नसोचेको ठाउबाट धनमाल आर्जन हुने देखिन्छ ।
तुला – मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। आलोचकहरू बढ्नेछन् भने शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ।
वृश्चिक – मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिन सक्छ। भेटघाटले पूर्वार्ध रमाइलो हुनेछ। धन कमाउने अवसर पनि मिल्ने देखिन्छ ।
धनु – मन मिल्ने साथी भेटिए पनि मनको भाव व्यक्त गर्न उपयुक्त साइत पर्खनुहोला। पछिका लागि फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ।
मकर – मित्रहरूको सहयोग जुट्नाले काममा हौसला मिल्नेछ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।
कुम्भ – अप्ठ्यारा कामको बोझ थपिन सक्छ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अरूको विश्वास गर्दा धोका पाइएला।
मीन – हिम्मत गर्दा विभिन्न अवसर प्राप्त हुनेछन्। प्रतिद्वन्द्वीहरूलाई परास्त गर्न सकिनेछ। रोकिएका काम बन्नाले आर्थिक पक्ष पनि सबल बन्नेछ।

सम्पर्क ठेगाना :ज्योतिष विज्ञान अनुसन्धान केन्द्र
जगन्नाथ , बुढानिलकण्ठ न पा , काथमाडौ , नेपाल ।
सम्पर्क फोन : ९८४१४०५०७३/ ९८१३३४०५९५
ज्योतिष गुरु तुलसी भारद्वाज निरौला ।

प्रकाशित मिति : १९ मंसिर २०७६, बिहिबार  ६ : २२ बजे