१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशिफल (२०७६ मंसिर २० गते)


२० मंसिर २०७६, शुक्रबार  

0
Shares

राशिफल मंसिर २०, २०७६ – 6 December, 2019, शुक्रवार
दशमी – कीर्तिपुरमा इन्द्रायणी जात्रा
 
पञ्चाङ्ग :
वि.सं. २०७६ मंसिर २०। शुक्रबार। इ.स. २०१९ डिसेम्बर ६। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। ने.सं. ११४० थिंलाथ्व। मार्ग शुक्लपक्ष। दशमी, २९:३६ उप्रान्त एकादशी। नक्षत्र– उत्तरभाद्रपदा, २२:५६ बजेउप्रान्त रेवती। योग– सिद्धि, १७:१८ बजेउप्रान्त व्यतीपात। करण– तैतिल, १६:३३ बजेदेखि गर, २९:३६ बजेउप्रान्त वणिज। आनन्दादिमा ध्वज योग। चन्द्रराशि– मीन। काठमाडौंमा सूर्योदय– ६:४२ बजे, सूर्यास्त– १७:०७ बजे र दिनमान २६ घडी २ पला। पञ्चक। सर्वार्थसिद्धि योग २२:५६ बजेपछि। कीर्तिपुरमा इन्द्रायणी यात्रा।
मेष – प्रतिस्पर्धीहरूबाट सजग रहनुहोला। पहिलेका कर्मको प्रतिफल पाइनेछ साथै कामको चापबाट पनि फुर्सद पाइनेछ।
वृष – बोलीको भरमा काम सम्पादन हुने योग छ। विचारको आकर्षणले प्रशंसकहरू बढ्नेछन्। सुन्दर पहिरनमा रमाउँदै व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ।
मिथुन – विभिन्न भौतिक साधन जुट्नेछन् भने उत्साहजनक समाचारले मन प्रसन्न हुनेछ। सन्तानका माध्यमबाट पनि काम बन्ने सम्भावना छ।
कर्कट – सहयोगीहरूले विपक्षीलाई साथ दिनाले काममा चुनौती देखिएलान्। आर्जित धन खर्च हुन सक्छ। तर आफ्नै प्रयासले लाभ मिल्न सक्छ।
सिंह – पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ। दाम्पत्यमा शंका र असमझदारी बढ्ने समय छ। परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ।
कन्या – प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ। ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ। प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन्।
तुला – अध्ययनमा राम्रो प्रगति हुनेछ। हिम्मतले काम लिनुहोला, आफ्नै प्रतिभाले फाइदा दिलाउनेछ।
वृश्चिक – विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन्। आयआर्जन पनि राम्रै हुनेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ।
धनु – मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। हिम्मतले काम बनाउन सकिनेछ।
मकर – अनावश्यक दौडधुपमा समय बित्नेछ। फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ। आर्थिक कारोबारमा सजगता अपनाउनुहोला।
कुम्भ – प्रेम र मित्रताको गाँठो कसिनेछ। दीर्घकालसम्म फाइदा हुने काममा हात हाल्ने समय छ। तार्किक क्षमताले सम्मान दिलाउनेछ।
मीन – काम देखाएर विशेष उपलब्धि हात पार्न सकिनेछ। गुरुजनको सहयोग जुट्नेछ। व्यवसायमूलक काममा पनि राम्रै फाइदा हुनेछ।
सम्पर्क ठेगाना :ज्योतिष विज्ञान अनुसन्धान केन्द्र
जगन्नाथ , बुढानिलकण्ठ न पा , काठमाडौ , नेपाल ।
सम्पर्क फोन : ९८४१४०५०७३/ ९८१३३४०५९५
ज्योतिष गुरु तुलसी भारद्वाज निरौला ।

प्रकाशित मिति : २० मंसिर २०७६, शुक्रबार  ६ : २४ बजे