१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशिफल (२०७६मंसिर २२ गते)


२२ मंसिर २०७६, आइतबार  

0
Shares

राशिफल मंसिर २२, २०७६ – 8 December, 2019, आइतवार

एकादशी – मोक्षदा एकादशी व्रत/ गीता जयन्ती

पञ्चाङ्ग :
वि.सं. २०७६ मंसिर २२। आइतबार। इ.स. २०१९ डिसेम्बर ८। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। ने.सं. ११४० थिंलाथ्व। मार्ग शुक्लपक्ष। एकादशी, ७:३२ उप्रान्त द्वादशी। नक्षत्र– अश्विनी, २७:३२ बजेउप्रान्त भरणी। योग– वरियान्, १७:५८ बजेउप्रान्त परिघ। करण– भद्रा, ७:३२ बजेदेखि वव, २०:२२ बजेउप्रान्त वालव। आनन्दादिमा आनन्द योग। चन्द्रराशि– मेष। काठमाडौंमा सूर्योदय– ६:४३ बजे, सूर्यास्त– १७:०७ बजे र दिनमान २५ घडी ९ पला। मोक्षदा एकादशी व्रत। गीता जयन्ती। सर्वार्थसिद्धि योग ७:३२ देखि २७:३२ बजेसम्म।

मेष – आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ।
वृष – यात्रामा समस्या आउने र बाध्यताका काममा जुट्नुपर्ने योग छ। पति वा पत्नीका माध्यमबाट फाइदा हुनेछ। आतिथ्यपूर्ण सम्मान पाइएला।
मिथुन – आशा देखाउनेहरूको भरपर्दा धोका हुन सक्छ। चुनौतीपूर्ण कामको दायित्व लिनाले धेरै परिश्रमपछि न्यून सफलता मिल्नेछ।
कर्कट – आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन्। बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ।
सिंह – पढाइलेखाइमा प्रगति हुनेछ। पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला। व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ।
कन्या – आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ। गुरुजनको विशेष सहयोग जुट्नेछ। प्रयत्न गरेका काम ढिलै सम्पादन भए पनि उपलब्धि राम्रै पाइनेछ।
तुला – नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । बदनाम व्यक्तिहरूले मात्र सहयोगको तत्परता देखाउनेछन्, सजग रहनुहोला।
वृश्चिक – विगतका समस्या बल्झिन सक्छन्। प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन्। तर व्यापार–व्यवसायमा सोचेको लाभ नमिल्न सक्छ।
धनु – संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन्। प्रतिस्पर्धामा पनि विजयी भइनेछ।
मकर – लगानी र श्रमको उचित मूल्य नपाइने समय छ। न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ।
कुम्भ – तपाईंको ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ।
मीन – प्रेमको बन्धनमा कसिनेछ। सवारीसाधन उपयोग गर्दा अलि सावधानी अपनाउनुपर्ला, रोकिएका काम बन्नाले उत्साह जाग्नेछ।

भिडियाे सहित राशिफल हेर्न र सुन्नका लागि :

प्रकाशित मिति : २२ मंसिर २०७६, आइतबार  ७ : ०५ बजे