१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशिफल ( २०७६ मंसिर २५ गते )


२५ मंसिर २०७६, बुधबार  

0
Shares

राशिफल मंसिर २५, २०७६ – 11 December, 2019, बुधवार

चतुर्दशी – नुवाकोटमा दुप्चेश्वर मेला/ काशिस्थ पिशाचमोचन/ दत्तात्रय जयन्ती/ विश्व पर्वत दिवस

पञ्चाङ्ग :
वि.सं. २०७६ मंसिर २५। बुधबार। इ.स. २०१९ डिसेम्बर ११। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। ने.सं. ११४० थिंलाथ्व। मार्ग शुक्लपक्ष। चतुर्दशी, १०:५४ उप्रान्त पूर्णिमा। नक्षत्र– रोहिणी, ३१:२० बजेउप्रान्त मृगशिरा। योग– सिद्ध, १६:४२ बजेउप्रान्त साध्य। करण– वणिज, १०:५४ बजेदेखि भद्रा, २३:०२ बजेउप्रान्त वव। आनन्दादिमा शुभ योग। चन्द्रराशि– वृष। काठमाडौंमा सूर्योदय– ६:४५ बजे, सूर्यास्त– १७:०८ बजे र दिनमान २५ घडी ६ पला। काशिस्थित पिशाचमोचनमा तीर्थश्राद्ध। नुवाकोट दुप्चेश्वरमा मेला। दत्तात्रेय जयन्ती। कुठीधान्य लक्ष्मीपूजा। पूर्णिमा व्रत। सर्वार्थसिद्धि योग १०:५४ बजेसम्म र २३:०२ बजेपछि।

मेष – पढाइलेखाइमा प्रगति गर्न नसकिने र व्यापारमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला।
वृष – विभिन्न सहयोग र उपहार पाइनेछ। भौतिक साधन जुट्नाले आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान समेत पाइएला।
मिथुन – मेहनत गर्दा राम्रै प्रतिफल प्राप्त हुने समय छ। सहयोगीहरूले काममा उत्साह जगाउनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ।
कर्कट – उद्योग र व्यापारमा फाइदा हुनेछ। प्रतिस्पर्धीलाई पनि पछि पार्न सकिनेछ। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिएला ।
सिंह – रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। पुरुषार्थद्वारा अधिकार स्थापित गर्न सकिनेछ। प्रतिस्पर्धामा पनि विजयी भइनेछ।
कन्या – समयमा चिताएको काम सम्पादन नहुन सक्छ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। मेहनतअनुसार फाइदा कमै होला ।
तुला – मनमा डर लागे पनि विभिन्न अवसरले पछ्याउनेछन्। बोलीको प्रभाव पनि बढ्नेछ। ठीक समयमा सही निर्णय लिन सकिनेछ।
वृश्चिक – आफन्त तथा नजिकका साथीभाइ टाढिन सक्छन्। अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल बन्न सक्छ।
धनु – दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ। तार्किक क्षमता बढ्नेछ। विशेष सभा–समारोहमा भाग लिने मौका प्राप्त हुनेछ।
मकर – व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छ ।
कुम्भ – श्रद्धा र परोपकारमा मन जानेछ। स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ। सानातिना काममा अल्झनुपर्दा मुख्य काममा अवरोध हुन सक्छ।
मीन – अस्वस्थताले चिन्ता र काममा ढिलासुस्ती हुन सक्छ । अप्रिय समाचारले दुःखी बनाउला,यात्राको पनि समय छ ।

बिशेष काम गर्ने राम्रो समय  : बिहान 07:47 देखि 08:47 सम्म छ, यो समय चन्द्र होराको हो र केहि समय लाभ बेला र केहि समय अमृत बेलाको पनि पर्छ / ज्योतिष शास्त्रमा यी होरा र बेला सबै शुभ कामका लागि धेरै नै राम्रो मानिन्छन र साथै अर्को सामान्य राम्रो समय दिउसो 02:47 देखि 03:47 सम्म छ यो समय चन्द्र होराको हो ।

राहु काल मध्यान्न 11:56 देखि दिउँसो 1:13 सम्म छ । यो समयमा बिशेष सावधानी अपनाउनु होला । राहु कालमा सुरु गरिएका पूजा पाठ आदि, शुभकामले कुनै फल दिदैन र व्यवशाहिक वा सामाजिक कामले पछी सम्म बाधा दिन्छ, मुद्दा मामिला हुन सक्छ, विवाद उत्पन्न हुन सक्छ भनि ज्योतिष शास्त्रमा बताईएको छ ।

यात्रामा जादा वा गर्भवती महिलाले उमालेको दुध, तिल,हलुवा वा यी वस्तु बाट बनेका खाने कुरा खाएमा दिमाग सृजनशील बन्छ, सृजनशील दिमागले सहि निर्णय गर्छ, गर्भवती महिलाले यी वस्तु खानु भए सन्तान तन्दुरुस्त मन्दुरुस्त जन्मन्छ, भन्ने भनाइ छ । यात्रामा हुने शूलको दोष कम हुन्छ । शूल भनेको तपाई आज यात्रामा जाने दिशा पट्टि कुनै दुर्घटनाको सम्भावना भएमा त्यो शूल संग सम्बन्धित दोष रहदैन अथवा कसो कसो तपाइको दिमागले सहि निर्णय गरेर त्यो दुर्घटनाबाट बच्न सफल हुनुहुने छ । सोचेको राम्रो काम अवस्य बन्नेछ / यसलाई शुल दोष नाशक दोहाद अथवा खाने कुरा भन्ने बुजिन्छ ।

आज यात्रामा निस्कदा केहि पश्चिम दिशाबाट यात्रा सुरु गर्नु भए राम्रो हुनेछ । घरबाट केहि बेर त्यो दिशा जानु त्यहाँ मन्दिर भए दाहिने परिक्रमा गर्नु अनि यात्रामा जानु त्यो नभए पूजित बिरुवा तुलसी, बर पिपल वा अन्य कुनै बिरुवामा पनि हाल्नु अनि यात्रामा जानु त्यो नभए माग्ने मान्छे वा साना केटाकेटीलाई केहि खानेकुरा खान दिएर खुशी बनाइ यात्रामा जान सके यात्रामा हुने अपशकुनहरु जस्तै बिरालोले बाटो काट्नु, जुत्ता चप्पल उल्टा देखिनु आदी कुराको दोष कम हुन्छ यात्रा अवस्य सफल हुनेछ ।

सहित जुरेका कामहरु चातुर्य, दक्षता, कला, पुण्य कर्म, ब्यापार गृह आरम्भ, अध्ययन, धातु क्रिया, जागिर प्ररम्भ, बादबिवाद, पन्ना हरीयो बस्तुको काम, मोह भ∙, मोहिनी, मारण, विष प्रयोग, मिश्रित किसिमको काम र आगोको काम, बिगार्ने भत्काउने काम, बिषदी र हतियार प्रयोगको कामका लागि आज रामो छ । ।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  ५ : २१ बजे