८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशिफल ( २०७६ मंसिर २८ गते )


२८ मंसिर २०७६, शनिबार  

0
Shares

राशिफल मंसिर २८, २०७६ – 14 December, 2019, शनिवार

द्वितीया –

पञ्चाङ्ग :
वि.सं. २०७६ मंसिर २८। शनिबार। इ.स. २०१९ डिसेम्बर १४। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। ने.सं. ११४० थिंलागा। पौष कृष्णपक्ष। द्वितीया, ९:४८ उप्रान्त तृतीया। नक्षत्र– आर्द्रा, ७:२६ बजेउप्रान्त पुनर्वशु। योग– शुक्ल, ११:५८ बजेउप्रान्त ब्रह्म। करण– गर, ९:४८ बजेदेखि वणिज, २१:१३ बजेउप्रान्त भद्रा। आनन्दादिमा मुद्गर योग। चन्द्रराशि– मिथुन, २५:०१ बजेउप्रान्त कर्कट। काठमाडौंमा सूर्योदय– ६:४७ बजे, सूर्यास्त– १७:०८ बजे र दिनमान २५ घडी ३ पला। त्रिपुष्कर योग ७:२६ देखि ९:४८ बजेसम्म।

मेष – भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। मेहनतले कीर्ति दिलाउनेछ।
वृष – भाग्यले सोचेभन्दा बढी नै फाइदा दिलाउन सक्छ। चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन्।
मिथुन – प्रतिस्पर्धामा केही कमजोर सावित भइएला। आफन्तबाट समेत टाढिनुपर्ने समय छ। वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ लिन सकिनेछ।
कर्कट – व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोस्।
सिंह – कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्।
कन्या – विशेष योजनाहरू बन्नेछन्। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। धेरैले आफ्ना कामको तारिफ गर्नेछन्।
तुला – आज अनायसै धन खर्चनुपर्ने आवश्यकता पर्न सक्छ। आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन्। सोचेभन्दा कम फाइदा मिल्नेछ ।
वृश्चिक – अवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला। ठूलै प्रयत्न गर्दा सामान्य फाइदा हुनेछ। तर, आजको लाभांश सुरक्षित वा सञ्चय नहुन सक्छ।
धनु – प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ।
मकर – बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ। लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ।
कुम्भ – प्राप्त न्यून उपलब्धिले मन बुझाउन नसकिएला। नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ।
मीन – आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ।

बिशेष काम गर्ने राम्रो समय : बिहान 12:49 देखि 1:49 सम्म छ, यो समय गुरु होराको हो । अनि केहि समय शुभ बेला पनि पर्छ । ज्योतिष शास्त्रमा यी होरा बेला शुभ कामका लागि धेरै नै राम्रो मानिन्छन ।

राहु काल बिहान 09:23 देखि मध्यान्न 10:40 सम्म छ । यो समयमा बिशेष सावधानी अपनाउनु होला । राहु कालमा सुरु गरिएका पूजा पाठ आदि, शुभकामले कुनै फल दिदैन र व्यवशाहिक वा सामाजिक कामले पछी सम्म बाधा दिन्छ, मुद्दा मामिला हुन सक्छ, विवाद उत्पन्न हुन सक्छ भनि ज्योतिष शास्त्रमा बताईएको छ ।

यात्रामा जादा वा गर्भवती महिलाले तिल भात, मास,मुङ्ग वा यी वस्तु बाट बनेका खाने कुरा खाएमा दिमाग सृजनशील बन्छ, सृजनशील दिमागले सहि निर्णय गर्छ, गर्भवती महिलाले यी वस्तु खानु भए सन्तान तन्दुरुस्त मन्दुरुस्त जन्मन्छ, भन्ने भनाइ छ । यात्रामा हुने शूलको दोष कम हुन्छ । शूल भनेको तपाई आज यात्रामा जाने दिशा पट्टि कुनै दुर्घटनाको सम्भावना भएमा त्यो शूल संग सम्बन्धित दोष रहदैन अथवा कसो कसो तपाइको दिमागले सहि निर्णय गरेर त्यो दुर्घटनाबाट बच्न सफल हुनुहुने छ । सोचेको राम्रो काम अवस्य बन्नेछ / यसलाई शुल दोष नाशक दोहाद अथवा खाने कुरा भन्ने बुजिन्छ ।

आज यात्रामा निस्कदा केहि दक्षिण वा पूर्व दिशाबाट यात्रा सुरु गर्नु भए राम्रो हुनेछ । घरबाट केहि बेर त्यो दिशा जानु त्यहाँ मन्दिर भए दाहिने परिक्रमा गर्नु अनि यात्रामा जानु त्यो नभए पूजित बिरुवा तुलसी, बर पिपल वा अन्य कुनै बिरुवामा पनि हाल्नु अनि यात्रामा जानु त्यो नभए माग्ने मान्छे वा साना केटाकेटीलाई केहि खानेकुरा खान दिएर खुशी बनाइ यात्रामा जान सके यात्रामा हुने अपशकुनहरु जस्तै बिरालोले बाटो काट्नु, जुत्ता चप्पल उल्टा देखिनु आदी कुराको दोष कम हुन्छ यात्रा अवस्य सफल हुनेछ ।

साहित जुरेका कामहरु गीत संगित, बादबिवाद, विलाशिताका काम, नया लुगा अनि गहना लाउन, वाणिज्य व्यापार, पशू–कपडा किनबेच, कृषि कार्य, खेल, कपडा, साथीको काम, गहना बनाउने, चित्र विचित्र आनन्ददायी कर्म, देव कर्म, घरको काम, जग्गा जमिनको लेनदेन, पितृ कार्य मात्र शुभ हुन्छ, घर बनाउने, बिउ छर्ने फुल बोटबिरुवा रोप्ने काम आजलाई राम्रो छ ।

प्रकाशित मिति : २८ मंसिर २०७६, शनिबार  ६ : २६ बजे