८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सप्तरीमा भेटियो भयङ्करको अजिङ्गर


५ पुस २०७६, शनिबार  

0
Shares


५ पुस ०७६, सप्तरी । सप्तरीको हनुमान नगर कंकालिन नगरपालिका–१ स्थित भारदहमा आज अजिङ्गर फेला परेको छ । स्थानीय सुधीर झाको घरको बारीमा करिब नौ फिट लम्बाइ भएको अजिङ्गर फेला परेको इलाका प्रहरी कार्यालय, भारदहले बतााएको छ । करिब २५ किलो तौल भएको अजिङ्गर झाको घरको बारीमा देखेपछि घरधनीले प्रहरीलाई खबर गरेका थिए ।
खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय भारदहबाट खटिएको प्रहरी टोलीले अजिङ्गरलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो । फेला परेका अजिङ्गरलाई वन्यजन्तु आरक्षणको जिम्मा लगाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुई महिना अगाडि पनि सप्तरी जिल्लाको खाँडो नदीको किनारमा अजिङ्गर फेला परेको थियो ।
–––

प्रकाशित मिति : ५ पुस २०७६, शनिबार  ९ : ५३ बजे