१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राशिफल


आजको राशिफ (२०७६ पुष ०६ गते )


६ पुस २०७६, आइतबार  

0
Shares

राशिफल मिति 2076 – पुस – 06 गते आइतवार
एकादशी – सफला एकादशी

पञ्चाङ्ग

वि।सं। २०७६ पुस ६। आइतबार। इ।स। २०१९ डिसेम्बर २२। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। ने।सं। ११४० थिंलागा। पौष कृष्णपक्ष। एकादशी, १५स्३१ उप्रान्त द्वादशी। नक्षत्र– स्वाती, १९स्२० बजेउप्रान्त विशाखा। योग– अतिगण्ड, ९स्५६ बजेउप्रान्त सुकर्मा। करण– वालव, १५स्३१ बजेदेखि कौलव, २६स्३५ बजेउप्रान्त तैतिल। आनन्दादिमा लुम्ब योग। चन्द्रराशि– तुला। काठमाडौंमा सूर्योदय– ६स्५२ बजे, सूर्यास्त– १७स्१२ बजे र दिनमान २५ घडी ० पला।

सफला एकादशी व्रत। सफला एकादशी पुष कृष्ण पक्ष एकादशी
हिन्दू पञ्चाङ्गको एघारौं तिथिलाई एकादशी भनिन्छ । यो तिथि महिनामा दुई पल्ट आउँछ । पूर्णिमापछि र औंसी पछि। पूर्णिमापछि आउने एकादशीलाई कृष्ण पक्षको एकादशी र अमावस्यापछि आउने एकादशीलाई शुक्ल पक्षको एकादशी भनिन्छ । यी दुवै प्रकारका एकादशीहरूको हिन्दू सनातन संप्रदायमा धेरै महत्व छ । पुष महिनाको कृष्ण पक्षको एकादशीलाई सफला एकादशी भनिन्छ ।

पृथ्वीको उत्तरी गोलार्द्धमा वर्षभरिकै छोटो दिन तथा सर्वाधिक लामो रात्रि। मकरमा सायन सूर्य ९स्४५ बजे प्रवेश। सायन मकर संक्रान्ति।
पाश्चात्य ज्योतिषीहरुले प्रयोग गर्ने सायन पद्धति र भारत, नेपालमा प्रयोग गरिने निरायण पद्धति । यी दुबैको अन्तर २४ दिन पुगिसकेको छ । आकाशमा ग्रह सायन अवस्थामा रहन्छ । यो चलायमान पद्धति हो ।

त्रिपुष्कर योग १९:२० बजेदेखि।

मेष – अन्धविश्वासको भरमा काम गर्नाले दुःख पाइनेछ । धार्मिक काममा बाधा सृजना हुन सक्छ सजक रहनुहोला ।
वृष – राष्ट्रियस्तरको मानसम्मान प्राप्त हुन सक्छ । प्रतिष्ठित व्यक्तित्वसँग भेटघाट हुनेछ । मंगलमय काम सम्पादन हुनेछ ।
मिथुन – परिवारजनको सहयोगले उत्साह बढाउनेछ । स्वास्थ्यका लागि भारी खानपानमा सजग रहनुहोला ।
कर्कट – अनुसन्धानात्मक अध्ययन गर्नेहरूलाई फाइदाको दिन रहेको छ । टाढाको यात्राबाट धनलाभ हुन सक्छ ।
सिंह – सरकारी निकायबाट हुने कडिकडाउको सिकार भइएला । दण्ड–जरिवानाको पनि सम्भावना छ ।
कन्या – व्यापार–व्यवसायमा लगानी बढाउने समय छ । आफन्त, परिवारजनमा आत्मीयभाव बढ्नेछ ।
तुला – आज ब्यापारबाट प्रशस्त धनलाभ हुनेछ । भौतिक साधनहरू जुट्नेछन् । कृषिउपज र पशुधनबाट पनि राम्रै फाइदा हुनेछ ।
वृश्चिक – रमाइलो भ्रमण गर्ने अवसर प्राप्त होला,तर घर–जग्गा तथा बन्धुबान्धवसँग असमझदारी बढ्ने योग छ ।
धनु –  काममा बाधा हुन सक्छ । प्रतिस्पर्धीहरूले आफ्नो ठाउँ ओगट्न सक्छन् । साथै पुरानो रोगले पुनः दुःख दिन सक्छ ।
मकर – चोटपटक वा हाड–जोर्नीमा समस्या आउने देखिएकाले सवारीसाधन वा हातहतियार उपयोग गर्दा सावधानी अपनाउनुहोला ।
कुम्भ – खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइनेछ । आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ ।
मीन – समयमा निर्णय लिन नसक्ता हातमा आएको अवसर गुम्न सक्छ । मान–सम्मानमा चोट पुग्ने सम्भावना छ, सचेत रहनुहोला ।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  ७ : ५९ बजे